भारतसँगको भिडन्तबारे बोल्यो चीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 02:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तबारे चीनले औपचारिक प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेपछि आफ्ना सैनिकले प्रतिवाद गरेको बताएको छ । 

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमार्फत बताए अनुसार भिडन्तमा भारततर्फ ३ सैनिकको मृत्यु भएको बताईएपनि चीनतर्फ भएको क्षतिको विवरण भने उल्लेख गरिएको छैन । 

‘भारतीय सैनिकहरुले दुई पक्षबीचको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुई पटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो’ ग्लोबल टाइम्सले ट्वीटरमा लेखेको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved