भारतमा एकैदिन १५ हजार बढी संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 11:50:45 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा गएको २४ घण्टामा १५ हजार ४१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै भारतमा कोरोना संक्रमितहरुको संख्या चार लाख ११ हजार ७१७ पुगेको छ ।  

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३०६ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २८ हजार २०५ संक्रमित फेला परेका छन् भने पाँच हजार ९८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५६ हजार ८४५ संक्रमित फेला परेका छन् भने ७०४ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ५६ हजार ७४६ संक्रमित भेटिँदा दुई हजार ११२ को मृत्यु भइसकेको छ । गुजरातमा २६ हजार ६८० संक्रमित फेला परिसकेका छन् भने एक हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म भारतमा दुई लाख २८ हजार १८१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved