विगत २४ घण्टामा हालसम्म कै धेरै सङ्क्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 09:04:49 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणको घटनामा विश्वभर अहिलेसम्म कै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ। डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामाविश्वभर एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन्।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको देशको रूपमा कायम छ जहाँ २० लाख जति सङ्क्रमण पुष्टि भएको छ। कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड-१९ बाट ज्यान गुमाएका छन्।

सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दश लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको सङ्ख्या विश्वमै दोस्रो बढी देखिएको हो। तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved