३०० जनामा कोरोना विरुद्धको खोप परीक्षण गर्दै बेलायत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 10:15:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतले ३०० जना मानिसमा कोरोना विरुद्धको खोप परीक्षण गर्ने तयारी गरेको छ । बेलायतको लन्डनस्थित इम्परियल कलजमा प्राध्यापक रविन शटोको नेतृत्वमा खोप परीक्षणको तयारी सुरु भएको हो । 

जनावरमाथि गरिएको खोप परीक्षण सफल भएको र यस खोपले मानिसको प्रतिरोधी क्षमता बलियो बनाउन सहयोग पुर्‍याउने बीबीसीले उल्लेख गरेको छ । हाल विश्वका १ सय २० ठाउँमा कोरोनाविरूद्धको खोप बनाउने प्रयास जारी रहेको छ। यसमध्ये १३ स्थानमा खोप चिकित्सकीय परीक्षणको तहसम्म पुगिसकेको छ।

चीनमा पाँच, अमेरिकाका ३ र बेलायतका दुई वटा खोप विकास कार्यक्रम चिकित्सकिय चरणमा पुगेका छन्। बीबीसीका अनुसार अस्ट्रेलिया, रूस र जर्मनीका १।१ खोप विकास कार्यक्रम यो तहमा पुगेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved