कोरोनाबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 12:58:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेका स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  

भारतमा  दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख  ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ  । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् । 

 देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख  ३४ हजार ८२२ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रपछि केन्द्रिय राजधानी समेत रहेको दिल्ली कोरोना प्रभावित राज्यको रुपमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved