अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 02:18:35 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका वासिङटन पोष्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ । 

बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा एकै राज्यमा यति धेरै संक्रमित फ्लोरिडामा देखिएका छन् ।अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार यहाँ २७ लाख ३२ हजार ६३९ जना संक्रमित पुगेका छन् । 

त्यस संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ । बिहीबारसम्म विश्वमा यस संक्रमणबाट एक करोड भन्दा बढी मानिस संक्रमित भएका छन् भने पाँच लाख भन्दा बढी मानिसको ज्यान गएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved