अफगानिस्तानमा कोरोनाका कारण राष्ट्रपतिका सल्लाहकारको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 03:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । 

अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved