पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 02:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । 

अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२ः५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो । अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved