अमेरिकामा पनि टिकटक प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2020 | 12:07:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले शनिवारभित्रै यस सम्बन्धी  कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताएका हुन्।

एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने: "जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।"  टिकटक  निकै मानिसहरूले रुचाएको एप हो। यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्। उक्त एप अमेरिकीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरेका थिए।

यस अघि भारतले पनि टिकटक माथि प्रतिबन्ध लगाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved