चीनमा बन्यो कोरोना बिरुद्धको खोप, उपयोगका लागि योग्य भएको दावी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 08:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को भाइरस निष्क्रिय पार्ने खोप बनाउन चीन सफल भएको त्यहाँका संचार माध्यमले जनाएका छन्। चीनको नेशनल बायोटेक ग्रुपले बेइजिङको एक प्रयोगशालामा कोभिड १९ को भाइरस निष्क्रिय पार्ने खोप परिक्षण भएको र उक्त भ्याक्सिन प्रयोग गर्न योग्य भएको चिनियाँ संचार माध्यम युन्हानेटले जनाएको छ। 

बेइजिङ नगरपालिका सरकारको सहयोगमा गत अप्रिलमा खोप निर्माण कार्यका लागि कार्यशाला निर्माण गर्ने कार्य सम्पन्न भएको युन्हानेटले लेखेको छ। 

गत जुलाईमा बेइजिङ नगरपालिका अधिकारिहरुले बायोसेफ्टी सुरक्षा निरीक्षणको आयोजना गरेको र कार्यशालाबाट ठुलो मात्रामा कोभिड १९ भाइरस निष्कृय पार्ने खोप उत्पादन हुन् सक्ने निस्कर्ष निस्किएको समाचारमा उल्लेख छ। 

बेइजिङसँगै पहिलो पटक कोरोना भेटिएको हुवावे प्रान्तको वुहानमा पनि अर्को प्रयोगशाला स्थापना गरिएको समचारमा उल्लेख छ। नेशनल बायोटेक नामको उक्त ग्रुपको यो प्रयोगशालाले प्रत्येक वर्ष २२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने दाबि गरिएको छ। 

विश्वभर कोरोनाको महामारी फैलिएसँगै पछिल्लो पटक कसले पहिले कोभिड १९ बिरुद्दको खोप निर्माण गर्ने भन्ने बिषयलाई लिएर शक्तिशाली देशहरुबीच तिब्र प्रतिस्पर्धा चलेको छ। वैज्ञानिकले कोरोना भाइरस विरुद्धको खोप एवं औषधि तयार हुन अझै समय लाग्ने बताइरहेका छन। 

यसअघि रुसले पनि पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप तयार भएको दावी गरेको थियो। रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशन मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवाले भनेका छन्, ‘विश्वकै पहिलो कोरोना भाइरसको खोपको क्लिनिकल ट्रायल सफलतापूर्वक पुरा भएको छ।’

उनका अनुसार मास्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले उक्त परीक्षण गरेको हो । यस अनुसार कोरोना भाइरस विरुद्धको यो खोप मान्छेका लागि अब सुरक्षित छ । जुन व्यक्तिमाथि खोपको परीक्षण गरिएको थियो, त्यसमध्ये एक समुह जुलाई १५ र अर्को समूह जुलाई २० मा अस्पतालबाट बिदा भएका छन् ।

युनिभर्सिटीले १८ जुनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायलोजीद्वारा निर्मित यस खोपको क्लिनिकल ट्रयल सुरु गरिएको थियो ।

सेचेनोफ युनिभर्सिटीका एक अर्का वरिष्ठ अधिकारी एलेक्जन्डर लुकाशेव भन्छन्, ‘खोप परीक्षणको उदेश्य यो कुरा सुनिश्चित गर्नु थियो कि खोप व्यक्तिका लागि सुरक्षित छ वा छैन । परीक्षण सफलतापूर्वक सम्पन्न भयो । यो खोप सुरक्षित रहेको हामीले पायौं ।’

कोभिड १९ बाट विश्वमा अहिलेसम्म एक करोड ९० लाख ५३ हजार बढी संक्रमित छन्। त्यस्तै २०७६ साउन २१ गतेसम्म ७ लाख १२ हजार ५६४  ले यही भाइरसको कारण ज्यान गुमाइसकेका छन्। 

स्रोत: युन्हानेट डटकम

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved