रुसले बनायो कोरोना बिरुद्धको खोपको पहिलो 'ब्याच', पहिलो वितरण शिक्षक र चिकित्सकलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 09:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसले कोरोना भाइरस बिरुद्धको खोप बनाएको घोषणा गरेको साता दिन नबित्दै पहिलो ुब्याचु उत्पादन गरेको छ। रुसले अहिलेलाई आन्तरिक बजारका लागि थोरै उत्पादन गरेको र चार महिनापछिमात्र बृहत रुपमा उत्पादन गर्ने रुसका संचार माध्यमले त्यहाँका स्वास्थ्यमन्त्रीको भनाईलाई उद्र्त गर्दै समाचार लेखेका छन्। 

रुसले कोरोना बिरुद्दको खोपको पहिलो ब्याच बनाएकोबारे रुसका स्वास्थ्यमन्त्री एलेक्जेन्डर गिन्सबर्गको आज शनिबारको भनाईलाई उद्र्त गर्दै इन्टरफेस न्युज एजेन्सीले यस बिषयमा समाचार लेखेको हो। 

स्वास्थ्यमन्त्री गिन्सबर्गले रुसले आगामी डिसेम्बर र जनवरीदेखि बृहतरुपमा कोरोना बिरुद्दको खोप बनाउनेबारे इन्टरफेसलाई शुक्रबार दिएको  अन्तर्वार्तामा बोलेका छन्।

'अहिलेको उत्पादन योजनाअनुसार बृहत रुपमा कोरोना बिरुद्दको खोप उत्पादन  आगामी डिसेम्बर र जनवरीदेखि हुनेछ, तर यसले रुसको आन्तरिक बजारलाई कुनै प्रभाव पर्ने छैन' इन्टरफेसको प्रतिबेदनमा स्वास्थ्यमन्त्री गिन्सबर्गले भनेका छन्। 

उनले जोखिममा परेका समुहबाट यसको वितरण सुरु हुने बताउदै पहिलो प्राथमिकतामा शिक्षक चिकित्सक रहने बताएका छन्। रुसका लागि बिस्तारै बिस्तारै थोरै उत्पादन गरिने उनले बताएका छन। 

तर अन्तराष्ट्रिय समुदायका लागि भने रुसले यो खोप वितरण नगरी उनीहरुलाई प्रविधि नै हस्तान्तरण गर्ने समेत स्वास्थ्यमन्त्री गिन्सबर्गले घोषणा गरेका छन्। 'रुसले अन्तर्राष्ट्रिय समुदायलाई खोप नै वितरण गर्दैन तर प्रविधि हस्तान्तरण गर्छ, सम्बन्धित देशले आफ्नो क्षमता र आवश्यकता अनुसार आफै उत्पादन गर्न पाउनेछन' उनले भने । 

यो पनि: ७२ घन्टाभित्र कोरोना संक्रमितको औषधि नेपाल ल्याउने सहमति

कोरोना बिरुद्द खोपको नाम स्पुतनिक भी राखिएको छ। सोभियत युनियनले पहिलो पटक विश्व समुदायलाई अन्तरिक्षबारे सहज अध्ययन तथा अनुसन्धानका लागि रुसले अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाइटको नाम नै कोरोना बिरुद्दको खोपको नाम दिइएको छ। 

जसरी अन्तराष्ट्रिय समुदायलाई अन्तरिक्षबारे जानकारी दिने उदेश्यमा रुसले सफलता हासिल गरेको थियो, त्यसैगरि कोरोनाको महामारीमा बिश्वलाई राहत दिन रुसले खोप बनाएकाले यसको नाम स्पुतनिक भी राखिएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन मार्फत रुसका जनतालाई गरेको सम्बोधनमा बताएका छन्। 

आफ्नो छोरीले कोरोना बिरुद्द रुसले बनाएको खोप प्रयोग गरेको र त्यसले उनको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको रुसका राष्ट्रपति पुटिनले सम्बोधनको क्रममा बोलेका छन्। 

सम्बोधनका क्रममा पुटिनले यसको पहिलो प्रयोग रुसका चिकित्सक र शिक्षकमा गरिने र सर्वसाधारणका लागि आगामी जनवरीदेखि उपलब्ध हुने बताएका छन्। चिकित्सकले समुदायलाई बचाउने र शिक्षकले चिकित्सक उत्पादन गर्ने भएकाले यी समुहका व्यक्तिको सुरक्षा पहिलो प्राथमिकता भएको पुटिनको भनाई छ। 

रुसले कोरोना बिरुद्दको खोप भनेपनि स्पुतनिक भी विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मान्यता दिएको छैन। अहिलेपनि परिक्षणको तेस्रो चरणमा रहेकाले डब्लुएचओ ले मान्यता नदिएको रुसको दाबी छ। 

डब्लुएचओका प्रवक्ता तारिक यासर्भिकले अहिले नजिकबाट रुसले बनाएको खोपको अध्ययन भईरहेको र आवश्यक सम्पूर्ण परिक्षण पश्चात मान्यता बारे निर्णय लिईने बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved