धोनीलाई लोकसभा निर्वाचन लड्न भाजपाका नेताको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 03:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई भारतीय जनता पार्टीका एक नेताले सन् २०२४ मा हुने निर्वाचन लड्न प्रस्ताव गरेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेलगत्तै भाजपाका नेता सुब्रमण्यम स्वामीले लोकसभा निर्वाचन लड्न आग्रह गरेका हुन् । 

स्वामीले आइतबार ट्वीट गर्दै धोनीको प्रशंसा गर्दै सन् २०२४ को निर्वाचन लड्न सुझाव दिएका छन् । 

सन् २००४ मा भारतीय क्रिकेट टिममा डेब्यु गरेका धोनीले १६ वर्षपछि सन्यासको घोषणा गरेका हुन् । धोनीले चेन्नई सुपर किंग्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) भने खेल्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved