ठगी आरोपमा समातिए डोनाल्ड ट्रंपका पुर्व सल्लाहकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 09:01:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्वाइटहाउसका  पुर्व सल्लाहकार स्टिव बैनन पक्राउ परेका छन्। अनलाइन व्यवसायबाट धोकाधडी गरेर अबैध रुपमा पैसा निकालेको आरोपमा तीन सहकर्मी सहित उनि आज बिहिबार पक्राउ परेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

मैनहट्टनको संघीय अदालतमा उनि बिरुद्द मुद्दा परेपछि बैनन पक्राउ परेका हुन्। तिन साथीहरुसंग मिलेर अमेरिकाको दक्षिणी सिमामा एक वाल बनाउने 'वि ब्युल्ट वाल' योजनाबाट हजारौं डोनर्सलाई धोका दिने तयारी गरेको बैननमाथि आरोप  छ।

उक्त योजनाबाट २५ मिलियन डलर अर्थात करिब ३ अर्ब रुपैयाँ जम्मा भएको कतारबाट संचालित अलजजिराले लेखेको छ। ३ अर्ब मध्ये बैनन एक्लैले करिब १२ करोड रुपैयाँ हत्याउन खोजेको आरोप लागेको छ। त्यस्तै उनि र उनकासाथीहरु मिलेर अरु करौडौं रुपैयाँ हिनामिना गरेको आरोप छ। 

बैनन सहित चारै जनामाथि धोकाधडी गरेको, मनी लौनडरिंङ को योजना बनाएको आरोप छ। जसमा प्रत्येक आरोपमा अधिकतम २० बर्ष जेल सजाय हुन सक्छ।  आरोप प्रमाणित नभएसम्म बैननका तीनवटै साथिहरु निर्दोष रहने अमेरिकाको अटरनी कार्यलयले आफ्नो बयानमा भनेको छ।

'वि ब्युल्ट द वाल' वेबसाइटले उक्त कोषमा ५ लाख मानिसहरुले करिब ३ अर्ब रुपैयाँ जम्मा गरेको दाबी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved