फिनल्याण्डमा हिन्दी फिल्म 'नायक' को शैलीमा किशोरीलाई प्रधानमन्त्री पद 'हस्तान्तरण'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 11:44:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अनिल कपुर अभिनित हिन्दि फिल्म 'नायक' को शैलीमा फिनल्याण्डकि प्रधानमन्त्री सन्ना मरिनले एक १६ बर्षीय किशोरीलाई एकदिनका लागि प्रधानमन्त्री बनाएकी छन्। फिल्ममा एक दिनका लागि कपुरलाई सीएम बनाईएझैं वास्तविक जीवनमा नै ति किशोरीलाई एक दिनका लागि फिनल्याण्डको लागी प्रधानमन्त्री बनाइएको हो। 

१६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गर्दै मरिनले  फिनल्याण्ड लैंगिक समानताका लागि उत्कृष्ट देश हो भन्ने उदाहरण दिएकी छन्। संयुक्त राष्ट्र संघको बालिका दिवसको अवसरमा आभा मुर्तो नामकी ती किशोरी बुधबार एक दिनका लागि फिनल्याण्डकि प्रधानमन्त्री बनाइएकी हुन्। 

फिल्म नायकमा अनिल कपुरले जनताका सेवासँग सम्बन्धित दर्जनौं निर्णय गरेपनि वास्तविक जीवनमा एक दिनका लागि प्रधानमन्त्री बनेकी ती किशोरीले भने कुनै नयाँ निर्णय वा कानुन बनाएकि छैनन्। ति १६ बर्षिय किशोरीलाई प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट भने दिइएको छ। 

‘प्लान इन्टरनेश्नल’को ‘गल्र्स टेकओभर’मा फिनल्याण्डले भाग लिएको यो लगातार चौथो वर्ष हो । जस अनुरुप विश्वभरका देशबाट किशोर किशोरीहरुलाई एक दिनका लागि राजनीति र अन्य क्षेत्रको नेतृत्व दिइन्छ ।

यो बर्षको कार्यक्रम किशोरीका लागि डिजिटल सीप र प्राविधिक अवसर बढाउनेतर्फ केन्द्रित थियो । जहाँ केन्या, पेरु, सुडान र भियतनाम पनि सहभागी छन्।

मरिन फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुनुका साथै सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री हुन् । जो गत वर्ष ३४ वर्षको उमेरमै प्रधानमन्त्री पदमा चुनिएकी थिइन् । साथै उनको गठबन्धन मन्त्रिपरिषदमा पनि महिला मन्त्रीहरुकै वहुमत छ । जसमध्ये तीन मन्त्री त ३५ वर्ष उमेर मुनीका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved