यस वर्षको नोबेल शान्ति पुरस्कारको बिजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 03:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको नोबेल शान्ति पुरस्कार  संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिईने भएको छ । पुरस्कार वितरण गर्ने नर्वेजियन नोबेल कमिटीले सन् २०२० को विश्व शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरेको हो । 

भोकमरी नियन्त्रण गर्न काम गरेको, द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि पहल गरेको, र युद्द र द्वन्द्वको समयमा भोकमरीलाई हतियारको रुपमा प्रयोग गर्न रोकेको लगायतको प्रयासको लागि पुरस्कार प्रदान गरिएको कमिटीले जनाएको छ ।

नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved