फुटबलर मोहम्मद सलाह यसरी बने 'वास्तविक जीवनका हिरो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 07:22:24 PM मा प्रकाशित

laxmi  sunrise bank

इजिप्टका मोहम्मद सलाह आधुनिक फुटबलका नयाँ स्टार हुन् । उनको खेल शैली र फुटबल कलासँग विश्वभरका फुटबलप्रमी परिचित छन्। सलाहबिना इजिप्ट टोली मात्रै होइन चर्चित क्लब लिभरपुल  पनि अपूरो छ ।

फुटबल कलाबाट विश्वभर चर्चित रहेका सलाह यतिखेर मानवता र सदासयता तथा शालीनताका कारण पनि चर्चामा छन्। घरबार बिहिन  नागरिकलाई सहयोग गरेको भिडियो सार्वजनिक भएपछि सलाह अहिले चर्चामा छन्। लिभरपुलको सडकमा एक बेघर नागरिकमाथिको दुर्व्यवहार रोक्नलाई सलाहले गरेको व्यवहारको सबैले खुलेर प्रशंसा गरेका छन्।  

गत महिनामात्र रेकर्ड भएको उक्त सिसिटिभी फुटेजमा सलाह उनको शहरको एक पेट्रोल स्टेशनमा देखिन्छन। र त्यहाँ उनले एक बेघर मान्छे डेविड क्रेगलाई मानिसहरुको एक समुहद्वारा दुख दिईएको थियो। 

२८ बर्षिय इजिप्टका फुटबलर सलाहले मानिसहरुलाई ती नागरिकलाई दुख दिनबाट रोके। यतिमात्र नभई सलाहले ति मानिसहरुलाई उनीहरु पनि कुनै दिन यसैगरि बेघर भएर सडकमा आउनुपर्ने चेतावनी दिए।  मानिसहरुको भिडबाट ति नागरिकलाई बचाएपछि सलाहले ति नागरिकलाई नजिकैको एटिएम बाट एक सय युरो निकालेर दिए। 

सलाहले आफुलाई गरेको त्यो मानविय व्यवहारको प्रशसा गर्दै ति नागरिकले द सनलाई अन्तर्वार्ता दिने क्रममा भने, 'सलाह मेरो आँखामा एक वास्तविक जीवनका हिरो हुन् र म उसलाई धन्यबाद दिन चाहन्छु।'

सलाह उनको सहयोगी व्यवहारले पनि चर्चित छन्। उनले हालै मात्र इजिप्टमा अस्पताल तथा महिलाहरुलाई पढाउँनलाई बिद्यालय निर्माणमा सक्रिय छन्। सलाहले जारी सिजनमा ४ खेलमा ५ गोल गरेका छन्, जसमा लिभरपुलले एस्टन भिल्लालाई ७ -२ गोल अन्तरले हराएको रेकर्ड समेत सामेल छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved