विश्व कै ठुलो आईपिओले पायो निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 10:13:41 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ अर्बपति ज्याक माको कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ । उनको कम्पनी 'एन्ट ग्रुप' लाई चिनियाँको नियमन निकायले आईपिओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले निष्काशन गर्ने आईपिओ विश्वकै हालसम्मको ठुलो आईपिओ हुने बताईएको छ । विश्वका विभिन्न शेयर बजारमा हालसम्म आएका आईपिओ मध्ये साउदी अरामको सबै भन्दा ठुलो हो । उक्त कम्पनीले आईपिओ मार्फत २९.४ बिलियन डलर उठाएको थियो । एन्ट ग्रुपले भने आईपिओ मार्फत ३५ बिलियन डलर रकम उठाउन लागेको हो । यो नै हालसम्मको ठुलो आईपिओ हुने छ ।

एन्ट ग्रुपले आफ्नो शेयर हंगकंग स्टक एक्सचेन्ज र शांगाई स्टक एक्सचेन्जमा सुचिकृत गराउन लागेको हो । कम्पनीले हंगकंगको एक्सचेन्जबाट अनुमति पाएपनि सांगाई एक्सचेन्जबाट भने अनुमति पाउँन बाँकि छ । कम्पनीले आफ्नो आईपिओ अमेरिकी स्टक एक्सचेन्जमा सुचिकृत गराउने तयारी गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले चिनियाँ कम्पनीलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि कम्पनी ब्याक भएको थियो ।

एन्ट ग्रुप सन् २०१४ मा स्थापना भएको कम्पनी हो । यस कम्पनीले अलि पे नामको मोबाइल अनलाइन पेमेन्ट सेवा संचालन गर्दै आएको छ । अलि पे क १ अर्ब २० करोड बढी ग्राहक छन् ।  ज्याक मा चिनियाँ इकमर्स कम्पनीका अलिबाबाका सह संस्थापक हुन्, उनी हाल कम्पनीक अध्यक्ष छन्। एन्ट ग्रुपमा पनि अलिबाबाको एक तिहाई लगानी छ ।

यस अघि अलिबाबा ग्रुपले पनि आईपिओबाट २५ बिलियन डलर रकम संकलन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved