मानसिक सन्तुलनमाथि प्रश्न गरेपछि टर्की र फ्रान्सको विवाद उत्कर्षमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2020 | 12:10:27 AM मा प्रकाशित

laxmi  sunrise bank
टर्कीका राष्ट्रपति रेसेप तईप एर्दोगानले फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रॉनमाथि फेरी एक पटक नयाँ स्वरूपले आक्रमण गरेका छन्। टर्कीका राष्ट्रपती एर्दोगानले   मुस्लिम समुदाय र इस्लाम धर्मप्रतिको सोचका लागि फ्रान्सका राष्ट्रपतीलाई मानसिक परिक्षण गर्नलाई सल्लाह दिएका छन्। 

टर्कीका राष्ट्रपतिले मानसिक परिक्षण गर्नलाई सुझाव दिए लगत्तै फ्रान्सले टर्कीबाट आफ्नो राजदुतलाई फिर्ता बोलाएको छ। यस महिनाको सुरुवातमा फ्रान्सका राष्ट्रपती मैक्रानले इस्लामवादीहरुसँग लड्ने प्रतिज्ञा गरेका थिए।  

उनीबाट  यस्तो अभिव्यक्ति आएपछि पछिल्लो समय विश्व भरका मुस्लिम राष्ट्रका नेताहरुले फ्रान्सका राष्ट्रपतिको खुलेर आलोचना गरेका छन्।  आलोचना गर्ने क्रममा नै टर्कीका राष्ट्रपति एर्दोगानले फ्रान्सका राष्ट्रपतिको बिरुद्दमा कडा अभिव्यक्ति दिएका हुन्। 

उनले टर्कीमा भएको एक कार्यक्रममा भनेका छन्, 'मुस्लिम र इस्लामसँग मैक्रान भनिने यी व्यक्तिको समस्या के हो रु मैक्रानलाई मानसिक रुपमा उपचारको खाँचो छ। जसले आस्थाको स्वतन्त्रतालाई बुझ्न सक्दैन, एउटा राज्य प्रमुखलाई यो भन्दा के भन्न सकिन्छ। जो आफ्नो देशमा रहेका लाखौँ नागरिकलाई फरक आस्था भएकै कारण खुलेआम यस्तो व्यवहार गर्छन।'

२००२ को एक राजनीतिक संकट र आर्थिक मन्दीका विच एर्दोगान र उनको कन्जरभेटिभ पार्टी एके पार्टीले पछिल्लो १८ बर्षदेखि टर्कीमा शासन गरिरहेका छन्। ७ करोड ५० लाख जनसंख्या भएको टर्कीलाई एर्दोगानले आफ्नो कार्यकालको १८ बर्षमा धेरै कुरामा सुधार गरेका छन्।

यस महिनाको सुरुवातमा एक इतिहास शिक्षकको हत्या पछि फ्रान्समा धार्मिक विवाद देखिएको छ।  ति शिक्षकले मुस्लिमहरुले अन्तिम दुत अर्थात पैगम्बर मान्ने पैगम्बर मोहम्मदको कार्टुन देखाएकाले एक बिद्यार्थीले उनको हत्या गरेको फ्रान्सको आरोप छ। विश्वभरका मुस्लिम समुदायहरुले पैगम्बर मोहम्मदको कुनै पनि तस्विर वा आकार बनाएको प्रति कडा रुपमा प्रतिकार गर्ने गर्दछन। 

मैक्रानले यस महिनामा पनि विश्वभर इस्लामले संकट सिर्जना गरेको आरोप लगाएका थिए। यति मात्र नभई उनले आफ्नो सरकारले सन् १९०५ को कानुनलाई मजबुत गर्नलाई बिधेयक पेश गर्ने घोषणा गरेका थिए। उक्त बिधेयकले आधिकारिक रुपमा फ्रान्समा चर्च र राज्यलाई अलग गर्नेछ।  

फ्रान्स र उसको नाटो सहयोगी पूर्वी भूमध्य सागर, लिबिया, सिरियाका समुन्द्री अधिकारिहरु र हालैमा अर्मानिया र अजरबैजानबीच बढ्दो संघर्ष सहित कयौं मुद्दामा धेरै पछाडी सोचेर अगाडी बढिरहेका छन्। 

एर्दोगान र मैक्रानले पछिल्लो महिना एक फोन कल मार्फत आफ्नो असहमतीमा चर्चा गर्ने र सबंधलाई सुधार तथा सम्बादलाई खुला राख्नलाई सहमती हुने विषयमा सहमत भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved