रअ प्रमुखले ओली बाहेक अरु ७ शिर्ष नेतालाई भेटेको भारतीय मिडियाको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2020 | 11:39:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलले एक दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहित दर्जन नेताहरुलाई भेटेको खुलासा भएको छ। गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको कुरा आलोचित बनेकै बेला नेकपा सहित अन्य राजनीतिक दलका शिर्ष नेताहरुलाई समेत गोयलले भेटेको खुलासा भएको हो। 

भारतमा लोकप्रिय मानिएको संचार मध्यम जनसत्ताले लेखेको एउटा समचारमा गोयल र उनको टिमले २४ घण्टाको नेपाल बसाईको क्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई,  जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुलाई भेटेको उल्लेख गरेको छ। 

त्यसो त गोयलले प्रधानमन्त्री ओलीलाई भेट्नुअगाडी नै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा नेता माधव कुमार नेपाल, कांग्रेसका नेताहरु रामचन्द्र पौडेल र सशांक कोइरालालाई भेटेको भारतीय दुतावास स्रोतले जनाएको छ। यी नेताहरु कतिपय गोयल बसेको होटलमा आफै पुगेका थिए भने कतिपय नेतालाई भेट्न गोयल आँफै उनीहरुको निवास पुगेका थिए ।

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पुष्टि गरेका छन्। तर अन्य नेताहरुले भने गोयलसँगको भेटको बारेमा कहीं कतै कसैलाई जानकारी गराएनन्। बरु उल्टै नेकपाका अर्का अध्यक्ष प्रचण्ड, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, माधव नेपाल, पुर्व उपप्रधानमन्त्री भिम रावल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोयलले प्रधानमन्त्रीलाई भेटेको विषयमा आपत्ति जनाउदै प्रधानमन्त्री ओलीको बिरोध गरेका थिए। प्रधानमन्त्री ओली बाहेकका अन्य नेताहरुले रअ प्रमुखसँगको भेटलाई किन लुकाए भन्ने प्रश्न उब्जिएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved