भारतीय सेना प्रमुखको नेपाल भ्रमण मिति तय, के के छन् एजेन्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2020 | 11:06:28 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय सेना प्रमुख जनरल एम एम नरवाना ३ दिने नेपाल भ्रमणका लागि आउने भएका छन्। नरवानाले यहि कात्तिक १९ देखि २१ गतेसम्म अर्थात नोवेम्बर ४ देखि ६ सम्मका लागि नेपाल भ्रमण गर्ने त्यहाँका संचारमाध्यमले जनाएका छन्। 

कोरोनाको लकडाउनको कारण सेना प्रमुख नरवानाको भ्रमण स्थगित भएको थियो। नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो।

नेपाल भ्रमणको क्रममा नरवानाले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापा सहित नेपालका शिर्ष नागरिक तथा अन्य सैन्य अधिकारिसंग भेटवार्ता गर्नेछन। नरवानाको तीन दिने नेपाल भ्रमण नेपालसंगको सम्बन्धलाई मजबुत बनाउनलाई एक महत्त्वपूर्ण कुटनीतिक कदम हुने अपेक्षा गरिएको छ। 

थल सेनाध्यक्ष समेत रहेका नरवानाले नेपालका शिर्ष नागरिक तथा प्रधानसेनापति थापा सहित अन्य शिर्ष अधिकारीहरुसँग कयौं प्रमुख मुद्दामाथि ब्यापक कुराकानी गर्ने तालिका तय भईसकेको द प्रिन्टको समाचारमा उल्लेख छ। 

सेना प्रमुख नरवानालाई नेपालको रक्षा तथा सुरक्षा क्षेत्र सहित समग्र सम्बन्धलाई बलियो बनाउने उदेश्यले  भारत सरकारले नेपाल भ्रमणको लागि पठाएको विश्लेषण गरीएको छ। 

सन् १९५० देखि सुरु भएको परम्परालाई जारी राख्दै काठमाडौंमा हुने एक कार्यक्रममा राष्ट्रपती बिद्या देवी भण्डारीद्वारा नरवानलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा 'जनरल अफ द नेपाल आर्मी' बाट सम्मानित गर्ने कार्यक्रम रहेको छ। भारतले नेपाली सेना प्रमुखलाई पनि भारतीय राष्ट्रपतिको हातबाट भारतीय सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्दै आएको छ। 

यो पनि:  टर्कीका राष्ट्रपतिद्वारा फ्रान्सेली सामान बहिष्कार गर्न आब्हान

सीमा,सुरक्षा र सम्बन्ध सुधार मुख्य एजेण्डा

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा जारि गरेपछि उत्पन्न विवाद पश्चात भारतको तर्फबाट यो नै पहिलो उच्चस्तरीय भ्रमण हो। चीनद्वारा सम्बन्ध विस्तारमा अधिक प्रयासहरु भईरहेका देशहरु म्यानम्यार, बंगलादेश, श्रीलंका, भुटान र अफगानिस्तानसँगको सम्बन्धलाई जीवित गर्नलाई दिल्ली नयाँ रणनीति सहित अगाडी बढिरहेको छ। त्यहि अन्तर्गत भारतीय सेना प्रमुख पनि नेपाल र भारतबीचको बिग्रदो सम्बन्ध सुधारका लागि नेपाल आउँन लागेको विश्लेषण गरिएको छ। 

रअ प्रमुखले ओली बाहेक अरु ७ शिर्ष नेतालाई भेटेको भारतीय मिडियाको खुलासा

यही महिनाको सुरुवातमा भारतीय सेना प्रमुख नरवानाले विदेश सचिव हर्षवर्धन श्रिन्गलाको साथमा म्यानम्यार भ्रमण गरेका थिए। उक्त भ्रमणको क्रममा भारतले म्यानम्यारलाई पनडुब्बी दिने घोषणा तथा म्यानम्यारसँगको सैन्य र रक्षा सम्बन्धलाई थप बलियो बनाउने सहमती भएको थियो। 

भुमिमा आधारित पारवहनका लागि नेपाल भारतसँग निर्भर छ भने समुन्दसँगको पहुँचको लागि पनि भारतसँग नै निर्भर रहनुपर्ने बाध्यता छ। बस्तु तथा सेवा आयतका लागि पनि नेपालका लागि भारत पहिलो रोजाईमा रहेको छ। 

एक तथ्यांकअनुसार नेपालले सन् २०१७ मा मात्रै भारतबाट झन्डै ७ खर्ब ७१ अर्ब ९४ करोड १९ लाख २० हजार रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ भने ४९ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। भारत पश्चात आयात बढी गर्ने देशको सुचिमा चीन रहेपनि भारतको तुलनामा नेपालले पाँच गुणा कम आयत चीनबाट गरेको छ। 

सुरक्षा तथा सिमाको विषयमा पनि पछिल्लो समय भारतले झैं चीनले पनि नेपालको क्षेत्रमा अतिक्रमण गरेको चर्चा हुने गर्दछ तर हालै मात्र नेपाल सरकारले यस बिषयको खण्डन गर्दै चीनबाट कहीं कतै अतिक्रमण नभएको स्पष्ट पारेको छ। 

पछिल्लो समय चीन विश्वभर आफ्नो प्रभाव बढाउँनलाई लागि परेको छ र नेपालमा पनि कम्युनिष्ट नेतृत्त्वको सरकारको पालामा चीनको प्रभाव बढी देखिएको छ। चीनसँगको विस्तारित सम्बन्ध भारतको लागि टाउको दुखाई बन्न पुगेको छ। जसकारण पछिल्लो समय भारतले नेपालसँगको सम्बन्धलाई चाँसोको साथ लिएको छ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले २०७७ साल बैशाख २६ गते उत्तराखण्डको दार्चुलालाई लिपुलेक जोड्ने ८० किलोमिटर लामो रणनीतिक सडक उद्घाटन गरेपछि नेपाल र भारतविचको सम्बन्ध बिग्रिएको छ।  नेपालले उक्त सडक उद्घाटनको विरोध गर्दै लिपुलेक आफ्नो भएको दाबि गर्दै  लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा जारि गरेको थियो। 

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा जारि गरेपछि भारतीय सेना प्रमुख नरवानाले नेपालले चीनको प्रभावमा परेर नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए। भारतले पनि २०१९ नोभेम्बरमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतको दाबि गर्दै नक्सा जारि गरेको थियो। 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको दावी गर्दै भारत बाट फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्। भारतले पनि कालापानीलाई आफ्नो क्षेत्र भएको दावी गर्दै आएको छ। 

भारतीय सेना प्रमुख नरवाना नेपाल आउनु भन्दा करिब १४ दिन अगाडी मात्रै भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलले एक दिने नेपाल भ्रमण गरेका छन्। उनको नेपाल भ्रमणले नेपालको राजनीतिक क्षेत्रमा नयाँ तरंग ल्याएको छ भने केहि शिर्ष नेताहरुविचको सम्बन्धलाई विभाजन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved