भारतको नयाँ युद्ध रणनीति : सिमानामा रुघेर होइन, निहुँ खोज्ने देशमै छिरेर आक्रमण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2020 | 01:16:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भारतलाई खतरा देखिएका देशमै छिरेर लड्ने चेतावनी दिएका छन्। डोभालले आफ्नो भूमिमा मात्र नभई जुन देशबाट खतरा देखिन्छ त्यहि देशमा छिरेर भारतले आक्रमण गर्ने चेतावनी दिएका हुन्। 

द टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार डोभालले यसअघि भारतले कहिले पनि अरूविरुद्ध पहिले आक्रमण नगरेको तर नयाँ रणनीतिक सोचले पहिले आफूले कारबाही गर्नुपर्ने रहेछ भन्ने देखाएको बताएका हुन्।  

उनले भनेका छन्, ‘हामीले तपाईंले चाहेकै ठाउँमा युद्ध गर्नुपर्छ भन्ने छैन, जहाँ खतरा देखिन्छ, भारतले त्यहाँ युद्ध छेड्छ।’ 

डोभालले यसलाई नयाँ भारतको सोच बताएका छन्। द टाइम्स अफ इन्डियाकाअनुसार डोभालको यो टिप्पणी कुनै देशविरुद्ध नभई ऐतिहासिक सन्दर्भका क्रममा उल्लेख गरेको स्रोतले जनाएको छ।  

भारतीय सेना प्रमुखको नेपाल भ्रमण मिति तय, के के छन् एजेन्डा ?

पछिल्लो समय सिमा र सुरक्षाको विषयलाई लिएर भारतको सम्बन्ध चीनसँग मात्र नभई नेपाल, पाकिस्तान, बंगलादेश लगायतका देशहरुसँग पनि सन्तोषजनक छैन। नेपाल सहित म्यानम्यार, बंगलादेश, श्रीलंका, भुटान र अफगानिस्तानसँगको सम्बन्धलाई जीवित गर्नलाई दिल्ली नयाँ रणनीति सहित अगाडी बढिरहेको छ। त्यहि अन्तर्गत भारतीय सेना प्रमुख जनरल एम एम नरवाना यी देशको भ्रमणमा निस्किएका छन्। 

यही महिनाको सुरुवातमा भारतीय सेना प्रमुख नरवानाले विदेश सचिव हर्षवर्धन श्रिन्गलाको साथमा म्यानम्यार भ्रमण गरेका थिए। उक्त भ्रमणको क्रममा भारतले म्यानम्यारलाई पनडुब्बी दिने घोषणा तथा म्यानम्यारसँगको सैन्य र रक्षा सम्बन्धलाई थप बलियो बनाउने सहमती भएको थियो। 

म्यानमार लगत्तै नेपाल आउँन चाहेका नरवानाको नेपाल भ्रमण कोरोनाको लकडाउनले स्थगित भएको थियो। नेपाल सरकारले २०७६ माघ २० गते उनको भ्रमणको निर्णय गरेकाले नरवानाले यहि कात्तिक १९ देखि २१ गतेसम्म अर्थात नोवेम्बर ४ देखि ६ सम्मका लागि नेपाल भ्रमण गर्ने तय भएको द प्रिन्टमा प्रकाशित समचारमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved