बंगलादेशमा फ्रान्स विरुद्ध बृहत प्रदर्शन, राजदुत फिर्ता पठाउन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2020 | 09:21:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको राजधानी ढाकामा फ्रान्सेली सामानको बहिष्कारको मागलाई समर्थन गर्दै दशौँ हजार मानिसहरु विरोध प्रदशनमा उत्रिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रानको अभिब्यक्ती इस्लाम बिरोधी भएको भन्दै अन्य मुस्लिम बाहुल्य देशहरुमा झैं बंगलादेशमा पनि विरोध भएको हो। 

ढाकामा भएको विरोध प्रदशनमा फ्रान्सका राष्ट्रपती मैक्रानको पुत्ला जलाइएको थियो। राष्ट्रपति मैक्रानले फ्रान्सेली पत्रिका शार्ली हेब्दोमा पैगम्बर मुहम्मदमाथि छापिएको कार्टुनलाई समर्थन गरेका थिए। 

राष्ट्रपति मैक्रानले फ्रान्सेली सेक्युलारिज्मको बचाउ गरेका थिए जस पश्चात विश्वका दर्जनौं मुस्लिम बाहुल्य देशहरुले उनको खुलेर बिरोध गरिरहेका छन् भने उनले आफ्नो गल्ति नसच्याएसम्म फ्रान्सेली सामान बहिष्कार गर्ने चेतावनी दिएका छन्। 

इतिहास विषय पढाउने क्रममा फ्रान्सका ४५ बर्षिय शिक्षक स्यामुएल प्याटीले शार्ली हेब्दो पत्रिकामा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनलाई देखाएका थिए। उनका बिद्यार्थी १८ बर्षिय अब्दुल्लाह एन्जोरोभमाथि प्याटीको हत्या गरेको आरोप लगाउदै प्रहरीले उनलाई गोलि हानेर मारेको थियो। त्यसयता नै यो घटना विकसित हुँदै यो अवस्थासम्म आइपुगेको हो। 

बोल्न पाउने स्वतन्त्रताको नाममा कुनै पनि धर्म र आस्थावानलाई चोट पुर्याउन नहुने भन्दै टर्कीका राष्ट्रपति रेसेप तईप एर्दोगानले फ्रान्सका राष्ट्रपतिलाई मानसिक अवस्था जांच गर्नलाई सुझाव दिएका थिए। 

फ्रान्सेली राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर टर्कीका राष्ट्रपति एर्दोगानले टर्कीका नागरिकलाई फ्रान्सेली सामान बहिस्कार गर्नलाई निर्देशन दिएका थिए। त्यसयता दर्जनौ मुस्लिम बाहुल्य राष्ट्रहरुले फ्रान्सेली सामान बहिष्कार गर्ने निर्णय गर्दै बहिष्कार अभियानलाई साथ दिइरहेका छन्। तर युरोपियन युनियन तथा युरोपका धेरै देशहरुले बोल्न पाउने स्वतन्त्रताको हक फ्रान्सलाई भएको भन्दै राष्ट्रपति मैक्रानलाई साथ् दिएका छन्। 

बंगलादेशको ढाकामा भएको फ्रान्स विरुद्धको आन्दोलन इस्लामी आन्दोलन बंगलादेशको संयोजन तथा नेतृत्त्वमा भएको हो। यो बंगलादेशको ठुलो इस्लामिक पार्टीहरु मध्ये एक हो।  प्रदशनकारीहरुले फ्रान्सेली सामान बहिष्कार गर्न माग गर्दै राष्ट्रपति मैक्रानलाई कारबाही हुनुपर्ने माग गरेका थिए। 

इस्लामी आन्दोलनका नेता अताउर रहमानले प्रदशनकारीहरुलाई सम्बोधनको क्रममा सैतान ९ राक्षस० को प्राथना गर्नेमा राष्ट्रपति मैक्रान पहिलो स्थानमा पर्ने बताएका थिए। उनले फ्रान्सका राजदुतलाई बंगलादेशबाट फिर्ता पठाउनुपर्ने माग समेत राखेका थिए। 

फ्रान्सको विदेश मन्त्रलायले इन्डोनेसिया, बंगलादेश, इराक र मौरीटानियामा आफ्ना नागरिकहरुलाई सतर्क रहनका लागि चेतावनी दिएको छ। यी देशहरुमा अहिलेको पछिल्लो घटनालाई लिएर फ्रान्स बिरुद्ध प्रदशन भईसकेको छ। 

टर्कीका राष्ट्रपतिद्वारा फ्रान्सेली सामान बहिष्कार गर्न आब्हान

टर्कीका राष्ट्रपति रेसेप तईप एर्दोगानले फ्रान्सेली सामानहरु ब्यापक रुपमा बहिष्कार गर्न आब्हान गरेका छन्। टर्कीका नागरिकलाई सम्बोधन गर्दै एर्दोगानले  फ्रान्सेली सामान किन्ने जो कोहीलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन्। 

फ्रान्सका एक शिक्षकको हत्यापछि राष्ट्रपती इमानुएल मैक्रानले दिएको प्रतिकृया पश्चात एर्दोगानले यस्तो आब्हान गरेका हुन्।  राष्ट्रपती मैक्रानले आफ्नो सम्बोधनमा कट्टरपन्थी इस्लामको आलोचना गरेका थिए भने शिक्षकको हत्यालाई इस्लामिक आतंकवादी आक्रमणको संज्ञा दिएका थिए। फ्रान्सका राष्ट्रपतिको यस प्रकारको सम्बोधन पश्चात कयौं मुस्लिम देशहरुले फ्रान्सका सामानहरु बहिष्कार गर्न सुरु गरेका छन। 

कतार लगायतका अरब राष्ट्रहरुमा फ्रान्सेली सामान बहिष्कार अभियान

कुवेत, जोडन र कतारका केहि पसलमा फ्रान्सका सामान हटाइएका छन् भने लिबिया, सिरिया र प्यालेस्टाइनको गाँजामा फ्रान्सको विरोधमा प्रदशन भएको छ। बहिष्कारको कुरा अल्प संख्यकको रुपमा रहेका मुस्लिम समुदायको एउटा सानो कट्टरपन्थी समुहले गरेको फ्रान्सको विदेश मन्त्रालयको दाबि छ। 

यो विरोध पैगम्बर मोहम्मदको विवादित कार्टुन कक्षाकोठामा देखाएका एक शिक्षकको हत्या पश्चात राष्ट्रपति मैक्रानको प्रतिकृयालाई लिएर भएको हो। मैक्रानले कुनै एउटा समुदायको भावनाका कारण बोल्न पाउने स्वतन्त्रतामाथि लगाम लगाउन नसकिने अभिव्यक्ति दिंदै आएका छन्।  फ्रान्सका राष्ट्रपति मैक्रानले धर्मनिरेपक्ष फ्रान्सको एकतालाई यो घटनाले कमजोर बनाइदिने चिन्ता व्यक्त गरेका छन्। 

राष्ट्रपति मैक्रानले यस महिनाको सुरुवातमा शिक्षकको हत्या भन्दा पहिले नै फ्रान्समा इस्लाम धर्मावलम्बीलाई नियन्त्रणमा राख्न एक कडा कानुन बनाउने घोषणा गरेका थिए। उनले फ्रान्सका ६० लाख मुस्लिम समुदाय समाजको मुख्यधाराबाट बाहिरिने अभिव्यक्ति व्यक्त गर्दै इस्लामलाई संकटमा रहेको धर्म भनेका थिए। 

मैक्रानको उक्त घोषणा र पछिल्लो अभिव्यक्तिले उनको विश्वभर आलोचना हुन् थालेको छ। टर्की र पाकिस्तानले मैक्रानमाथि आस्थाको स्वतन्त्रताको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। 

आइतबार मात्रै टर्कीका राष्ट्रपति रेसेप तईप एर्दोगानले फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रॉनमाथि मानसिक सन्तुलन गुमाएको आरोप लगाएका थिए। त्यस्तै एर्दोगानले राष्ट्रपति मैक्रानलाई मानसिक परिक्षण गर्नलाई समेत सुझाव दिएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved