अमेरिकासँगको सैन्य सम्झौतालाई लिएर चीन र पाकिस्तान रुष्ट, भारतलाई दिए कडा जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2020 | 10:26:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका र भारतबीच भएको बेका सम्झौतालाई लिएर चीन र पाकिस्तानले कडा प्रतिकृया दिएका छन्। सम्झौतामा उल्लेख बुँदाहरुलाई लिएर भारतका दुई छिमेकी चीन र पाकिस्तानले आपत्ति जनाउदै कडा प्रतिक्रिया दिएका हुन्। 

भारत र अमेरिकासँग पहिल्यै नै खराब सम्बन्धलाई लिएर चर्चा रहेको चीनले हालै मात्र भएको बेका सम्झौतालाई लिएर कडा प्रतिकृया दिएको हो। चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चीनी विशेषज्ञको बुझाईमा भारतको रक्षात्मक कमजोरीलाई अमेरिकाको सामु ल्याइदिएको छ। 

अमेरिकाको चुनावको ठिक एक साताअगाडी भएको यो सम्झौतामा हस्ताक्षर हुनुलाई चीनी विशेषज्ञले डोनाल्ड ट्रंपलाई चुनाव जित्ने सम्भावनामा बल थपिएको बताएका छन्। सम्झौताको समय र अवस्थालाई हेर्दा अमेरिका र भारतबीचको सम्बन्ध पनि अनिश्चित रहेको चीनी विशेषज्ञको दावी छ।  

अमेरिका मिठो मिठो कुराकानी गरेर भारतलाई भुलाईरहेको र चीन र भारतबीचको सम्बन्धलाई खराब बनाई रहेको ग्लोबल टाइम्सले लेखेको छ। तर चीनसँग लामो समय चलिरहेको गतिरोधमा जितका लागि आत्मविश्वास बढ्ने विश्वासमा भारत वाशिंगटनको संरक्षणलाई लिएर खुसि देखिएको चीनको भनाई छ। 

संघाई एकेडेमी अफ सोसियल साइन्सको इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशनका एक खोजकर्ता हु झिंग ले भारतले विस्तारै आफ्नो पारम्परिक कूटनीतिक सिद्दान्तलाई छोडेर अमेरिकाको नजिक भएको बताए। यो सम्झौताले आफ्नो छिमेकि राष्ट्रहरुसँगको पारम्परिक तथा भू राजनीतिक सम्बन्धमा भारत कम्जोर बनेको उनको भनाई छ। 

पाकिस्तानी विदेश मन्त्रलायले पनि भारत र अमेरिकाबीच भएको बेका सम्झौतामा उल्लेख मिसाइल र सैन्य परिक्षणलाई लिएर प्रश्न गरेको छ। भारतलाई आधुनिक सैन्य सामग्री, आधुनिक प्रविधि र जानकारी दिने अमेरिकाको निर्णयले दक्षिण एशियामा रणनीतिक अस्थिरताको खतरा बढेको पाकिस्तानी विदेशी मन्त्रालयको भनाई छ। 

भारतले पछिल्लो समय युद्द सामग्री जोड्दै जानु, परमाणु शक्ति बढाउँदै जानु, अस्थिर गर्न सक्ने नयाँ हतियार प्रणालीको विकास गर्नु जस्तो कामले दक्षिण एशियामा शान्ति र स्थायित्वको लागि गम्भीर खतरा भएको पाकिस्तानको बुझाई छ। 

भारतले हालै मात्र गरेको मिसाल परिक्षण एक खतरनाक पारम्परिक र परमाणु सैन्य निर्माणको चेतावनी भएको पाकिस्तानको भनाई छ। यो सम्झौता र यसमा उल्लेख सैन्य, प्रविधि, प्रशिक्षण, जस्ता विषय दक्षिण एशियाको लागि नै चिन्ताको बिषय भएको पाकिस्तानको दाबि छ। 

भारत भ्रमणमा रहेका अमेरिकाका  रक्षामन्त्री मार्क एस्पर र विदेशी मन्त्री माइक पोम्पियो तथा भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशी मन्त्रि एस जयशंकरबीच आज मंगलबार कात्तिक ११ भएको दुई प्लस दुई छलफल पश्चात दुइ देशविच बेका सहित कयौं सम्झौतामा हस्ताक्षर भएका छन्।  

सम्झौताअनुसार दुवै देश एक दोस्रोसँग अत्याधुनिक सैन्य प्रविधी, सरसामान र भू स्थानिक मानचित्र संयुक्त रुपमा प्रयोग गर्नेछन। बेका सम्झौतामा भारतको तर्फबाट एडीशनल सेक्रेटरी जिवेश नन्दनले हस्ताक्षर गरेका छन्। 

के हो बेका सम्झौता 

आधारभूत विनिमय र सहयोग सम्झौता बेसिक एक्सचेन्ज एण्ड कर्पोरेशन एग्रिमेन्ट (Basic Exchange and Cooperation Agreement, BECA) बेका भारत र अमेरिकाबीच हुने चार मुलभूत मध्येको अन्तिम सम्झौता हो। यसले दुवै देशलाई लजिस्टिक र सैन्य सहयोगमा मद्दत पुग्नेछ।

पहिलो सम्झौता सन् २००२ मा भएको थियो जुन सैन्य सूचनाको सुरक्षालाई लिएर थियो। यस पश्चात दुई सम्झौता २०१६ र २०१८ मा भयो जुन लजिस्टिक र सुरक्षित संचारसँग सम्बन्धित थियो। 

आज भएको सम्झौता भारत र अमेरिकाविच भू स्थानिक सहयोग हो। यसमा क्षेत्रीय सुरक्षामा सहयोग गर्ने, रक्षा सूचना आदानप्रदान गर्ने, सैन्य कुराकानी र रक्षा ब्यापार सम्झौता सामेल छ। 

यो सम्झौताको अर्थ भारतले अमेरिकाबाट ‘सटिक जियोस्पेसियल’, ‘जियोस्पेटिकल’ अर्थात् वास्तविक भूस्थानको जानकारी प्राप्त गर्न सक्नेछ । यसको प्रयोगबाट सैन्य कारबाही र हजारौँ किलोमिटर टाढाबाट निर्धारित स्थानमा निशाना लगाउन सकिनेछ। 

यसको साथै भारतलाई अमेरिकाबाट प्रिडेटर बि जस्तो मानवरहित लडाकु ड्रोन पनि उपलब्ध हुनेछ। यसबाट भारतले दुश्मनको ठेगाना पत्ता लगाएर त्यहाँ आक्रमण गर्न सक्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved