पाकिस्तानको एक उच्च इस्लामिक निकायले हिन्दु मन्दिर निर्माणको अनुमति दिएको छ। पाकिस्तानको राज्यद्वारा संचालित सरकारलाई धार्मिक मुद्दाबारे सल्लाह दिने मौलानाहरुको परिषदले अल्पसंख्यक हिन्दुहरुलाई एक नयाँ मन्दिर निर्माणको लागि आफ्नो तर्फबाट अनुमति दिएको हो।
पाकिस्तानमा हिन्दुहरुको प्रमुख नेता तथा सांसद समेत रहेका लाल माली ले बुधबारको निर्णयलाई प्रशंसा गरेका छन्। परिषदले सरकारको सार्वजनिक सम्पतिबाट सिधै निजि पुजा स्थल निर्माण नगर्नलाई सुझाव दिएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारद्वारा गत जुनमा राजधानी इस्लामवादमा मन्दिर निर्माणमा रोक लगाउने निर्णय लगत्तै इस्लामिक विचारधाराको परिषदबाट यस्तो निर्णय आएको हो। पाकिस्तानका प्रधानमन्त्री खानले मन्दिर निर्माणको लागि ६ करोड रुपैयाँ दिने प्रतिबद्धता समेत जनाएका छन्। खानले पाकिस्तानका अल्पसंख्यकहरुलाई पनि समान अधिकारको प्रतिबद्धता जनाएको अलजजिराले जनाएको छ।
वर्तमानमा इस्लामवादमा हिन्दुहरुको लागि पुजाआजा तथा प्राथनाको लागि कुनै मन्दिर छैन। राजधानीमा लगभग १० लाख भन्दा बढीको बसोबास छ तर त्यसमध्ये हिन्दु समुदायका मात्र ३००० छन्।
मुस्लिम र हिन्दु पाकिस्तानमा सामान्यतया मिलेर शान्तिपूर्वक बस्दै आएका छन् तर हालै मात्र एक हिन्दु केटीलाई जबर्जस्ति इस्लाममा परिवर्तित गरिएको घटनाले त्यहाँको शान्तिपूर्णको अवस्थामा धक्का लागेको छ।
१९४७ मा बेलायत सरकारद्वारा विभाजित भएपश्चात अधिकांश हिन्दुहरु वर्तमान पाकिस्तान छाडेर भारत आएका थिए। परमाणु शसत्र प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीच दुश्मनीको सम्बन्ध रहेको तितो इतिहास छ। दुवैले काश्मिरको विवादित हिमाली क्षत्रमा आफ्नो दाबी गर्दै आएका छन्। यी दुई देश एक अर्कासँग तीन पटकसम युद्ध गरिसकेका छन्।