टर्की र ग्रिसको सिमा क्षेत्र जोडिएको एजियन समुन्द्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले टर्कीमा भौतिक तथा मानवीय क्षति भएको छ। ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झड्काले कयौं भवनहरु भत्किंदा टर्कीमा २४ जना तथा ग्रिसमा २ जनाले ज्यान गुमाएको छन् भने ८०० भन्दा बढी घाइते भएका छन्।
करिब ३० लाख मानिसहरु बसोबास गर्दै आएको टर्कीको इज्मिर शहरका करिब २० अपार्टमेन्टहरु भत्किएकाले ज्यान गुमाउने तथा घाइतेहरुको संख्या अझैं बढ्न सक्ने टर्कीको विपत तथा राहत एजेन्सीले जनाएको छ।
एजियन समुन्द्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकाले सुनामीलाई अस्विकार गर्न नसकिने त्यहाँका स्थानीयहरुले बताएको अलजजिराले जनाएको छ। टर्कीका करिब २० वटा अपार्टमेन्ट ढल्दा ग्रिसको सामोस शहरमा समेत भूकम्पको झड्का महसुस गरिएको थियो।
सामोसमा बसोबास गर्ने करिब ४५ हजार नगारिकलाई ग्रिस सरकारले त्यहाँबाट अर्को ठाउँमा जानलाई निर्देशन दिएको छ। टर्कीमा ७ म्याग्नेच्युटको भूकम्प गएकाले फेरी भूकम्प जाने खतरा रहेको भन्दै त्यहाँ सतर्क रहनलाई चेतावनी दिइएको छ।
अगस्त १९९९ मा टर्कीको इस्तानुबुलको दक्षिणपूर्व स्थित इज्मिर शहरमा ७.६ म्याग्नेच्युटको भूकम्प गएको थियो। त्यो बेला करिब १७००० भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए। त्यस्तै सन् २०११ मा पनि भूकम्प गएको थियो त्यो बेला ५ जनाले ज्यान गुमाएका थिए।