अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रंपलाई पछाडी पार्दै बाइडेनको अग्रता कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 08:25:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार भएको अमेरिकी राष्ट्रपतिको निवार्चनको मतपरिणाम जारी छ । जारि मतपरिणाममा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले सुरुवाती अग्रता लिएका छन् ।

बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रंपलाई पछाडी पार्दै सुरुवाती अग्रता लिएका हुन् । यो समाचार तयार पार्दासम्म बाइडेनले १३१ स्थानको इलेक्टोरल कलेजमा जित हात पार्दा ट्रंपले ९२ स्थानको इलेक्टोरल कलेजमा मात्र जित हात पारेका छन् । राष्ट्रपति बन्नको लागि कम्तिमा २७० स्थानको इलेक्टोरल कलेजमा जित आवश्यक पर्छ ।

विगतका निर्वाचन भन्दा यस वर्ष मतपरिणाम आउँन ढिला हुने बताईएको छ । यस पटक कोरोना भाइरस महामारीका कारण लाखौ अमेरिकी मतदाताले हुलाकबाट मतदान गरेकोले ति गन्नको लागि समय लाग्ने भएको मतपरिणाम ढिलो आउने भएको हो ।

यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ । यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जीत निश्चित हुनेछ ।

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन । सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved