जो बाईडनले ल्याए इतिहास कै बढी भोट, यी स्थानमा जिते राष्ट्रपति बन्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 10:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति निर्वाचनको लागि उम्मेदवार बनेका जो बाईडनले अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहास कै धेरै मत ल्याएका छन् । निर्वाचनको मतपरिणाम जारी रहंदा उनले ६ करोड ९७ लाख ५९ हजार ८ सय ३३ मत पाएका हुन् ।

यस अघि सन् २०१२ मा निर्वाचन जितेका बाराक ओबामाले सर्बाधिक ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाएका थिए । तर बाईडेनले अझै लाखौ मत गन्न बाँकि छदै सो रेकर्ड तोडेको द गार्जियनले जनाएको छ । सन् २०१६ को निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवारले सबै भन्दा धेरै पौलर भोट जितेकी थिइन् । तर यो समाचार तयार पार्दासम्म बाईडनले पाएको भोट क्लिन्टनले सन् २०१६ मा पाएको भोट भन्दा ३.९ मिलियनले बढीले हो ।

निर्वाचनको मतपरिणाम जारी रहंदा हालका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवारले पनि सन् २०१६ मा पाएको भन्दा धेरै मत पाएका छन् । उनले हालसम्म ६ करोड ७१ लाख ६० हजार ६ सय ६३ मत पाएका छन् । यो ओबामाले सन् २०१२ मा पाएको मत भन्दा पनि बढी हो ।

तर पपुलर भोट भन्दा पनि इलेक्टोरल कलेजले राष्ट्रपति निर्धारण हुने भएकोले अहिले नै कसले जित्छ भन्ने यकिन भईसकेको छैन । ताजा मतपरिणाम अनुसार ट्रंप र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पार्दासम्म बाईडेनले २३८ इलेक्टोरल कलेजमा जित हात पारेका छन् भने ट्रंपले २१३ इलेक्टोरल कलेजमा जित हात पारेका छन् । राष्ट्रपति बन्नको लागि ५३८ इलेक्टोरल कलेज मध्ये कम्तिमा २७० इलेक्टोरल कलेजमा जित हात पार्नु पर्छ । 

अब मतपरिणाम गन्न बाँकि स्थान मध्ये मिसिगन र पेनेसेल्भिनियामा बाइडेनले जिते उनी राष्ट्रपति बन्ने छन् ।  उनले पेनेसेल्भिनिया हारे पनि नेभेदा, विस्कन र मिसिगनमा जिते पनि उनी राष्ट्रपति बन्ने छन्  । ट्रंपले राष्ट्रपति बन्नको लागि पेनेसेल्भिनिया जिते पनि जर्जिया, नर्थ क्यारोलाइना र नेभदामा जित्नु पर्छ ।  पेनेसेल्भिनिया नजितेको खण्डमा ट्रंपमा नेभदा, विस्कन, मिसिगन, जर्जिया, र नर्थ क्यारोलाइनामा पनि जित्नु पर्छ ।  

यी मध्ये विस्कनको नतिजा केहि समय मै आई सक्ने बताईएको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved