यी ७ राज्यका कारण रोकियो अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 05:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन भएको २ दिनसम्म पनि आगामी ४ वर्षको लागि अमेरिकी राष्ट्रपति को हुन्छ भन्ने विषय टुंगो लागेको छैन । हालसम्मको मतपरिणाम अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले २६४ इलेक्टोरल कलेजमा जित हात पारेका छन् भने रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रंपले २१४ इलेक्टोरल कलेजमा जित हात पारेका छन् । राष्ट्रपति बन्नको लागि कम्तिमा २७० इलेक्टोरल कलेजमा जित हात पार्नु पर्छ ।

अधिकांश स्थानमा मतपरिणामको अन्तिम नतिजा आईसकेको भए पनि केहि राज्यको नतिजा आउँन बाँकि रहंदा अझै पनि को विजेता भन्ने टुंगो नलागेको हो । नतिजा आउँन बाँकि राज्यमा के छ अवस्था ?

एरिजोना: ११ इलेक्टोरल कलेज रहेको एरिजोनामा ८६ पतिशत मत गणना सकिएको छ ।  गनिएको मत मध्ये ५०.५ प्रतिशत बाइडेनले र ४८.१ प्रतिशत मत पाएका छन् । अब यहाँ ट्रंपले जित्नको लागि गन्न बाँकि मत मध्ये दुई तिहाई मत आफ्नो पक्षमा पार्नु पर्छ ।

जर्जिया: १६ इलेक्टोरल कलेज रहेको जर्जियामा ९५ प्रतिशत मतगणना भएको छ । जस मध्ये ट्रंपले ४९.६ प्रतिशत र बाईडेनले ४९.१ प्रतिशत मत पाएका छन् । अब गन्न बाँकि रहेको मतको ६० प्रतिशत मत बाईडेनले पाए मात्र त्यहाँ उनले जित हात पार्ने छन् ।

नेभदा : ६ इलेक्टोरल कलेज रहेको नेभदामा ८६ प्रतिशत मत गणना भएको छ। जसमा बाइडेनले ४९.३ प्रतिशत र ट्रंपले ४८.७ प्रतिशत मत पाएका छन् । तर अग्रता ८ हजार मतको मात्र छ ।

नर्थ क्यारोलिना : १५ इलेक्टोरल कलेज रहेको नर्थ क्यारोलिनामा ९५ प्रतिशत मतगणना भएको छ । जसमा ट्रंपले ५०.१ प्रतिशत पाएका छन् भने बाईडेनले ४८.७ प्रतिशत मत पाएका छन् ।   यस राज्यमा नोभेम्बर १२ सम्म पनि हुलाकबाट आएको मत गन्न मिल्ने ब्यबस्था छ । अर्थात १२ नोभेम्बरसम्म यहाँको अन्तिम नतिजा नआउँन सक्छ ।

पेनसेल्भिनिया: यस राज्यमा २० इलेक्टोरल रहेको छ । हालसम्म गणना भएको भोटमा ट्रंपले ५०.७ प्रतिशत र बाईडेनले ४८.१ प्रतिशत मत पाएका छन् ।  अब डेमोक्र्याटको बाहुल्यता रहेका स्थानको मत गन्न बाँकि छ। यहाँ ट्रंपले धाँदली भएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । त्यसो भएमा मत  परिणाम आउँन समय लाग्न सक्छ ।

मिसिगन: मिसिगनमा १६ इलेक्टोरल भोट छ । यहाँ बाइडेनले जित्ने अनुमान गरिएको छ । तर यहाँ पनि ट्रंपले हुलाकबाट आएको मतपत्रको गणना रोक्न माग गरेका छन् ।

विस्कन्सिन : यस राज्यमा १० इलेक्टोरल रहेको छ । यहाँ पनि बाईडेनले जित्ने अनुमान गरिएको छ। अहिलेसम्म बाईडेनले ४९.४ प्रतिशत र ट्रंपले ४८.८ भोट पाएका छन् । यदि जितको फरक १ प्रतिशतको भए पुन: मतगणना गर्न सकिने ब्यबस्था छ । ट्रंपले सो सुविधा प्रयोग गर्ने बताइसकेका छन् ।

यो पनि : को हुन् अमेरिकी राष्ट्रपति बन्ने संघारमा रहेका बाइडेन ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved