ट्रंप र बाईडेनले बराबरी मत पाएमा को बन्छ अमेरिकाको राष्ट्रपति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 10:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा केहि महत्वपूर्ण राज्यको नतिजा आउँन बाँकि छ । यी राज्यमा राष्ट्रपतिका दुबै प्रत्यासीबीच अत्यन्तै कडा प्रतिस्पर्धा देखिएको छ । तर यी राज्यको मतगणना गरिसक्दा पनि दुबै उम्मेदवारको मत बराबर आएमा के हुन्छ ? 

कुल ५३८ इलेक्टरल मत रहेकोले दुई उम्मेदवारको २६९-२६९ मत हुने सम्भावना रहन्छ। यस्तो भयो भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको निर्णय संसद्‌ले गर्छ। अमेरिकी संसद्‌ले सन् १७९६, सन् १८००, सन् १८२५, र सन् १८७७ मा गरी चारपटक सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपति छानेको छ।

कंग्रेस भनिने अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनी व्यवस्था छ। हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनमा प्रत्येक राज्यको प्रतिनिधि मण्डलले एक मत दिन पाउँछ। यसको अर्थ त्यहाँ जम्मा ५० मत हुन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति चुनिन्छ। हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ। सिनेट भनिने माथिल्लो सदनका १०० सदस्य सबैले मत दिएर उपराष्ट्रपति छान्छ। अहिले सिनेटमा रिपब्लिकनको बहुमत छ।

निर्वाचन वा संसद्‌ले छान्न सकेन भने के हुन्छ?

डिसेम्बर १४ मा बस्ने प्रत्येक राज्यको इलेक्टर भनिने इलेक्टरल मत दिने प्रतिनिधिले विजयी उम्मेदवारको नाम दिन्छन्। इलेक्टरमा दुवै दलले पठाएका पूर्वनेता वा कार्यकर्ता प्रतिनिधि हुन्छन्। कुनै तरिकाले इलेक्टरले वा मत बराबर भएको अवस्थामा संसद्‌ले राष्ट्रपति निर्वाचित गर्न सकेन भने कानुनमा कसले ज्यानुअरी २० मा राष्ट्रपतिको शपथ लिने भन्ने स्पष्ट व्यवस्था छ।

पहिलो क्रममा तल्लो सदनको सभामुख रहेका छन्। हाल सभामुख डेमोक्र्याट न्यान्सी पेलोसी रहेकी छन्। दोस्रो क्रममा सिनेटको दोस्रो उच्च सद्स्य हुने व्यवस्था छ। यसअघि यस्तो अवस्था कहिल्यै नआएको भएर अभ्यासमा यो कसरी हुन्छ भन्ने स्पष्ट छैन। 

    Share Your Thoughts

    Recent News

    Main News

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved