१ करोड आप्रवासीलाई अमेरिकी नागरिकता दिने बाईडेनको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 08:49:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी ४ वर्षको लागि अमेरिकी राष्ट्रपति पद सुनिश्चित गरेका जो बाईडेनले आफ्नो कार्यकालमा १ करोड बढी आप्रवासीलाई अमेरकि नागरिकता दिने भएका छन् । उनले निर्वाचन अगाडी नै गरेको प्रतिबद्दता अनुसार १ करोड १० लाख आप्रवासीलाई नागरिकता प्रदान गर्ने भएका हुन् ।

बाईडेनले कागजात बिना बसेका आप्रवासीलाई प्रक्रिया पुर्याएर नागरिकता दिने भएका हुन् । बाईडेनको चुनावी अभियानले सार्वजनिक गरेको कार्यक्रम अनुसार बाईडेनले कंग्रेस (अमेरिकाको संसद) मा आप्रवासीलाई नागरिकता दिनको लागि आवश्यक पर्ने कानुन पेश गर्ने छन् । संसदबाट पारित भएपछि उनले यसलाई कार्यन्वयन गर्ने बताईएको छ । एकै परिवारका सदस्यलाई सँगै राख्ने गरी यो कार्यक्रम कार्यन्वयन हुने अभियानले उल्लेख गरेको छ

कुन देशको कति आप्रवासीलाई नागरिकता दिने उल्लेख नगरिए पनि भारतीय संचारमाध्यमहरुले भने यस योजना अन्तर्गत बाईडेन प्रशासनले ५ लाख बढी भारतीय आप्रवासीलाई नागरिकता दिने तयारी भएको दाबी गरेका छन् ।

साथै बाईडेनले आप्रवासीबारे डोनाल्ड ट्रंपले गरेका कतिपय निर्णयहरु उल्ट्याउने भएका छन् । आप्रवासीबाट अमेरिकालाई खतरा भएको भन्दै अमेरिकाले आप्रवासीलाई देशमा अनुमति दिनु नहुने ट्रंपले बताउदै आएका थिए । त्यस्तै हरेक वर्ष १ लाख २५ हजारसम्म शरणार्थीलाई अमेरिका प्रवेश दिने तयारी बाईडेनको छ । बाईडेन राष्ट्रपति हुँदा उपराष्ट्रपति बन्ने निश्चित भएकी कमला आफै आप्रवासी भएकोले पनि उनको प्रशासनले आप्रवासीप्रति नरम नीति लिने भएको हो ।

 साथै बाईडेनले विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमण गरिएको प्रतिबन्ध पनि फुकाउने भएका छन् ट्रंपले विभिन्न मुस्लिम बाहुल्य देशका नागरिकलाई देशभित्र खतरा बढेको भन्दै अमेरिका प्रवेशमा रोक लगाएका थिए बाईडेनले राष्ट्रपति पद सम्हालेको दिन नै यो प्रतिबन्ध फुकाउने अभियानले उल्लेख गरेको छ । साथै बाईडेनले रोजगारीको लागि अमेरिका आउनेहरुको भिषा बृद्दी गर्नुको साथै त्यसलाई सहज बनाउने भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved