कोरोनाको खोप निर्माणमा अहिलेसम्मकै ठुलो उपलब्धी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 06:59:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस विरुद्धको खोप निर्माणमा अहिलेसम्मकै ठुलो उपलब्धि हासिल भएको छ। कोरोना भाइरस बिरुद्धको खोप ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको निर्माण कम्पनी पफाईजर इंकले घोषणा गरेको छ।

यो उपलब्धीलाई कम्पनीले अहिलेसम्मकै ठुलो उपलब्धी र एउटा ठुलो जित भएको दाबी गरेको छ। झन्डै १२ लाख भन्दा बढी मानिसहरुको ज्यान लिईसकेको र विश्वभरको अर्थव्यवस्थालाई क्षती पुर्याईरहेको महामारीको यस अवस्थामा यो उपलब्धी ऐतिहासिक भएको कम्पनीको दाबी छ। 

यससंगै फाईजर र जर्मनीको सहकार्य गरिरहेको बायोनटेक जी कोरोना भाइरस बिरुद्धको खोपको सफल क्लिनिकल परिक्षणको डाटा सार्वजनिक गर्ने पहिलो कम्पनी बनेका छन्। 

बिभिन्न ६ देशका ४४ हजारमा परिक्षण गर्दा कुनै पनि चिन्ताजनक अवस्था नभेटिएको कम्पनीको दाबी छ। १६ देखि ८५ बर्षका मानिसहरुमा आपतकालीन अवस्थामा यो खोपको प्रयोगको लागि अमेरिकाले अनुमती दिने कम्पनीको विश्वास छ। 

सुरुमा यो खोपको मात्रा सिमित हुने र यसको प्रयोगसँगै खोपले कहिलेसम्म सुरक्षा प्रदान गर्छ जस्ता कयौं प्रश्न संगसँगै आउने कम्पनीको अपेक्षा छ। फाईजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोर्लाले विज्ञान र मानव जीवनको लागि आजको दिन धेरै उपलब्धिमुलक रहेको बताएका छन्। 

फाईजरलाई आफ्नो खोप आपतकालिन उपयोगको लागि अमेरिकाबाट अन्तिम अनुमती पाउनका लागि अझैं करिब २ महिना लाग्ने अनुमान गरिएको छ। क्लिनिकल परिक्षणमा सामेल ४४  हजार मानिसहरुबाट पनि ९० प्रतिशत प्रभावित भएको तथ्यांक आएपछि आपतकालिन प्रयोगको लागि मान्यता पाउने कम्पनीको दाबी छ। 

विश्वभरमा दर्जनौ खोपहरु क्लिनिकल परिक्षणको अन्तिम चरणमा छन्। यसलाई फेज थ्री ट्रायल अर्थात तेस्रो चरणको परिक्षण समेत भनिन्छ। तर फाईजरको यो  खोप परिक्षणको क्रममा पहिल्यै नै सकरात्मक नतिजा दिएको छ।  

खोप ९० प्रतिशत प्रभावकारी भएको सार्वजनिक भएसँगै विश्व सेयरबजारमा कम्पनीको मुल्य बढेको छ। विश्व सेयरबजारको एमसीएसआई इन्डेक्समा फाईजरको सेयर मुल्य ६ प्रतिशतले बढेको छ भने बायोनटेकको मुल्य १८ प्रतिशतले बढाएको छ। 

यस खोपलाई २१ दिन भित्र दुई डोज लिनुपर्नेछ। अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका, र टर्कीमा भएको परिक्षणहरुमा सात दिन भित्र ९० प्रतिशत मानिसहरुमा कोरोना भाइरससँग लड्नलाई रक्षात्मक प्रणाली विकास भएको कम्पनीको दाबी छ। 

अबको दुई महिना भित्र यस खोपको पाँच करोड डोज उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्तिमसम्म १ अर्ब ३० करोड डोज तयार हुने कम्पनीको दाबी छ। तर यस खोपलाई शुन्य देखि ८० डिग्री सेल्सियस भन्दा मुनिको तापक्रममा राख्नुपर्ने चुनौती थपिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

अबको दुई साताभित्र आफ्नो खोप नियामकमा लैजाने अवस्थामा कम्पनी रहने समेत दाबी गरिएको छ। त्यो बेलासम्म कुनै पनि देशले यो खोपलाई लिएर अभियान चलाउन पाउनेछैनन। बेलायतले पहिले नै ३ करोड डोजको लागि आदेश दिइसकेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved