युरोपियन कूटनीतिज्ञहरू सहभागी समारोहमा बम आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 06:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन कूटनीतिज्ञहरूले भाग लिएको पहिलो विश्वयुद्धको समारोहमा बम आक्रमण भएको छ। साउदी अरबको जेद्दाहमा भएको उक्त समारोहमा बम बिष्फोट हुँदा धेरै व्यक्तिहरु घाइते भएको अलजजिराले जनाएको छ। 

युरोपियन कूटनीतिज्ञहरू सहितको उक्त समारोहमा भएको बम बिष्फोटलाई लिएर फ्रान्सको विदेश मन्त्रालयले कडा निन्दा गरेको छ। समारोहमा युरोपेली कूटनीतिज्ञहरू सहित थुप्रै देशका प्रतिनिधिहरुको सहभागिता थियो। 

अन्तराष्ट्रिय संचार माध्यम अलजजिराकाअनुसार साउदी अधिकारीहरूले यस आक्रमणको बारेमा अझै कुनै टिप्पणी गरेका छैनन्।  साउदी सरकारी सञ्चार माध्यमहरूले समेत यसलाई रिपोर्ट गरेका छैनन्। आगामी वर्षको नीति प्राथमिकतामा राख्दै राजा सलमानले बुधवार देशलाई वार्षिक भाषण दिने कार्यक्रम रहेको छ।

बम आक्रमणलाई फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले वाक स्वतन्त्रताको नाममा विश्व मुस्लिम समुदायको भावनालाई ठेस पुग्ने गरि दिएको अभिव्यक्तिसँग जोडेर टिप्पणी गरिएको छ। 

राष्ट्रपति मैक्रानले फ्रान्सेली पत्रिका शार्ली हेब्दोमा पैगम्बर मुहम्मदमाथि छापिएको कार्टुनलाई समर्थन गरेका थिए। 

राष्ट्रपति मैक्रानले फ्रान्सेली सेक्युलारिज्मको बचाउ गरेका थिए जस पश्चात विश्वका दर्जनौं मुस्लिम बाहुल्य देशहरुले उनको खुलेर बिरोध गरिरहेका छन् भने उनले आफ्नो गल्ति नसच्याएसम्म फ्रान्सेली सामान बहिष्कार गर्ने चेतावनी दिएका छन्। 

इतिहास विषय पढाउने क्रममा फ्रान्सका ४५ बर्षिय शिक्षक स्यामुएल प्याटीले शार्ली हेब्दो पत्रिकामा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनलाई देखाएका थिए। उनका बिद्यार्थी १८ बर्षिय अब्दुल्लाह एन्जोरोभमाथि प्याटीको हत्या गरेको आरोप लगाउदै प्रहरीले उनलाई गोलि हानेर मारेको थियो। त्यसयता नै यो घटना विकसित हुँदै यो अवस्थासम्म आइपुगेको हो। 

बोल्न पाउने स्वतन्त्रताको नाममा कुनै पनि धर्म र आस्थावानलाई चोट पुर्याउन नहुने भन्दै टर्कीका राष्ट्रपति रेसेप तईप एर्दोगानले फ्रान्सका राष्ट्रपतिलाई मानसिक अवस्था जांच गर्नलाई सुझाव दिएका थिए। 

फ्रान्सेली राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर टर्कीका राष्ट्रपति एर्दोगानले टर्कीका नागरिकलाई फ्रान्सेली सामान बहिस्कार गर्नलाई निर्देशन दिएका थिए। त्यसयता दर्जनौ मुस्लिम बाहुल्य राष्ट्रहरुले फ्रान्सेली सामान बहिष्कार गर्ने निर्णय गर्दै बहिष्कार अभियानलाई साथ दिइरहेका छन्। तर युरोपियन युनियन तथा युरोपका धेरै देशहरुले बोल्न पाउने स्वतन्त्रताको हक फ्रान्सलाई भएको भन्दै राष्ट्रपति मैक्रानलाई साथ् दिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved