कोरोनाको खोप निर्माणमा अर्को सफलता, मोडेर्नाले माग्यो प्रयोगको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 09:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको औषधि कम्पनी मोर्डेना प्लानले कोरोना भाइरसको खोपको अधिकतम प्रयोगको लागि अमेरिका र युरोपको नियामकहरुसँग अनुमति मागेको छ। नियामकहरुले खोपको परिक्षणसँग जोडिएका तथ्यांकको अध्ययन गरेर यसको प्रयोग कति सुरक्षित छ भन्ने निर्णय गर्नेछन। 

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) तथा युरोपको युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले मोडेर्ना प्लानले कोरोनाको खोपको प्रयोगको लागी आज अनुमती मागेको जनाएका छन्। 

अमेरिका र युरोपका नियामकहरुले मोडेर्नाद्वारा निर्माण गरिएको खोप आपतकालीन प्रयोगको लागि अनुमती दिन मिल्ने नमिल्नेबारे अध्ययन गर्नेछन्। फाइजर र यसको जर्मनी साझेदार कम्पनी बियोनटेकले यसअघि नै आफ्नो खोपलाई प्रयोगको अनुमती दिनलाई अमेरिका र युरोपका नियामकमा आबेदन दिइसकेका छन्। 

फाईजरको खोप पनि मोडेर्ना जस्तै ६२ देखि ९० प्रतिशत प्रभावकारी भएको क्लिनिक परिक्षणले देखाएको छ।  मोडेर्नाले निर्माण गरेको खोप कोरोना भाइरसबाट बचाउन ९४ प्रतिशत सफल भएको क्लिनिकल परिक्षणले देखाएको छ। 

बेलायतद्रारा ३ कम्पनीका खोप अग्रिममा बुकिङ

१. मोडेर्नाको ७० लाख खोप 

२. फाईजरको ४ करोड खोप 

३. एस्त्राजेनको १० करोड खोप 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved