नेपाल सहित विश्वभर म्यासेन्जर चलेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 06:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका विभिन्न देशमा फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ । विभिन्न देशका प्रयोगकर्ताहरुले म्यासेन्जरमा म्यासेज नआएको र म्यासेज पठाउन नसकिएको गुनासो गरेका छन् ।

नेपालमा पनि यो समस्या देखिएको छ । नेपाली समय अनुसार बिहिबार दिउँसोदेखि यो समस्या देखिएको हो । विश्वका सर्भरहरु डाउन रहंदा जानकारी दिने डाउन डिटेक्टरले पनि अधिकांशले म्यासेन्जर डाउन भएको उजुरी गरेको जनाएको छ ।

डेलीमेलका अनुसार म्यासेन्जर नचल्ने समस्या सबैभन्दा धेरै युरोपमा देखिएको छ भने पूर्वी एसिया र अष्ट्रेलियाबाट पनि यो एप नचलेको गुनासो आएका छन् । फेसबुकले समस्या आएको स्वीकार गर्दै समाधान गर्नको लागि कोशिस भईरहेको जनाएको छ । विश्वका केहि स्थानमा भने फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपमा समस्या आएको गुनासो आएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 

एपमा समस्या आउँदा सेवाग्राहीहरु म्यासेज पाउँन र पठाउन बन्चित भएका छन् । विश्वभर फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या १.६२ बिलियन भएको बताईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved