चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँदै, भारतमा भ्रमणको चाँसो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2020 | 07:45:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा राजनीतिक उतारचढाव तिब्र भईरहेकै बेला उत्तरी चीनका अधिकारीहरुले आइतबार नेपाल भ्रमण गर्ने भएका छन्। अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले काठमाडौं भ्रमण गर्न लागेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

बेइजिङबाट प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम रहेको दुतावासले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको छ। यद्यपि चिनियाँ अधिकारीहरूले भ्रमणको उद्देश्यबारे प्रकाश पारेका छैनन् ।

नेपालमा राजनीतिक संकट गहिरिँदै गएका  चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा चिनियाँ अधिकारिहरुको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

चिनियाँ उच्च अधिकारिहरुको नेपाल भ्रमणलाई भारतीय मिडियामा चाँसोका साथ हेरिएको छ। नेकपा लाई विभाजन हुनबाट रोक्न चिनियाँ उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्न लागेको भारतीय मिडियाहरुको दाबी छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved