नेपालले भारतमा निर्मित कोरोना खोपमा चाँसो देखाएको छ। परिक्षणको अन्तिम चरणमा पुगेका भारतमा निर्मित कोरोना खोपको लागि नेपालले चाँसो लिएको भारत स्थित नेपाली दुतावासले जनाएको छ।
भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतमा बिभिन्न कम्पनीद्वारा निर्मित कोरोनाको खोपबारे निर्माण कम्पनी र सरकारी अधिकारिहरुसँग निरन्तर छलफल तथा सम्बाद गरिरहेको जनाईएको छ।
राजदुत आचार्यले ले भारतमा एक खोप निर्माता सिरम इन्ष्टिच्युट का एक वरिष्ठ अधिकारी र भारतका नीति आयोगका प्रमुख अभिताभ कान्तसँग कुराकानी गरेका छन्।
सिरम इन्ष्टिच्युट कम्पनीले एस्ट्राजेनेकासंगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ। यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ।
सिरम इन्ष्टिच्युटको क्षमता धेरै भएकाले नेपालको आवश्यकता पुरा गर्न सक्ने राजदुत आचार्यको बिश्वास छ।
नेपालले आफुलाई चाहिने कोरोनाको खोपको माग पूर्ति गर्नको लागि कोरोनाको खोप निर्माण गरेका भारत लगायतका विश्वका धेरै देशहरुसँग सम्बाद तथा छलफल गरिरहेको छ। त्यहि क्रममा भारतसँग पनि सम्बाद अगाडी बढाईएको हो।
परिक्षणको अन्तिम चरणमा रहेका खोप अबको महिना दिनमा प्रयोग सुरु हुने भारत सरकारको अपेक्षा रहेको छ।
भारतबाट कति खोप आउँन सक्छ ?
गत महिनाको भारतीय विदेश सचिव हर्ष सृन्गलाले नेपाललाई चाहिने कोरोनाको खोप पूर्ति गर्ने काम भारतको प्राथमिकतामा पर्ने बताएका थिए। राजदुत आचार्यसंगको भेटमा सिरमका अभिताभ कान्तले कोरोना खोपको लागि नेपाललाई प्राथमिकता राख्ने बताएका थिए।
आचार्यका अनुसार नेपालले सुरुमा आफ्ना २० प्रतिशत जनसंख्यालाई खोप दिने लक्ष्य राखेको छ। यो दुई चरणमा हुनेछ। पहिलो चरणमा ३ प्रतिशत र दोस्रो चरणमा १७ प्रतिशत खोप दिईनेछ।
उनको भनाईअनुसार ३ करोड जनसंख्याको २० प्रतिशत अर्थात सुरुमा ६० लाख नेपालीलाई कोरोना खोप दिईनेछ। एक ब्यक्तीलाई दुई डोज खोप चाहिने भएकाले सुरुमा नेपालको लक्ष्य अनुसार नेपाललाई १ करोड २० लाख डोज कोरोनाको खोप आवश्यक पर्नेछ।
सुरुमा चाहिने १ करोड २० लाख डोज कोरोनाको खोप भारतबाट नै पुरा हुने राजदुत आचार्यको विश्वास छ। यो सबै खोप एकै साथ वितरण हुनेछैनन्। क्रमिक रुपमा वितरण हुनेछन।
भारतमा निर्मित खोप नेपालको लागि उपयोगी किन ?
भारत या छिमेकी देशमा बनेको खोप कयौं कारणले नेपालको लागि फाइदाजनक हुन सक्ने विशेषज्ञहरुको विश्लेषण छ। तुलनात्मक रुपमा सस्तो र आपूर्तिमा पनि सहज हुने भएकाले भारतमा बनेका कोरोना खोप नेपालको लागि फाइदाजनक हुने विश्लेषण गरिएको हो।
क्सफोर्ड विश्वबिद्यालय एस्ट्राजेनेकाको खोपको निर्माण भारतको सिरम इन्ष्टिच्युटमा भईरहेकाले नेपाललाई खोपको लागि धेरै टाडा जानु नपर्ने जानकार डाक्टर समिर मणि दिक्षिक बताउँछन। यसको मुल्य पनि दुई डोजको मात्र भारु १५०० पर्ने भएकाले तुलनात्कम रुपमा सस्तो पनि पर्ने उनको भनाई छ।
यतिमात्र नभई सिरमको यो खोप सामान्य चिसो ठाउँमा पनि राख्न सकिने भएकाले यसलाई नेपालको पूर्वाधार सुहाउँदो देखिएको उनको भनाई छ। त्यसो त दीक्षितले चीनमा बन्ने खोप पनि नेपालको लागि हितकर नै हुने बताउछन।