संसद विघटन पश्चात आफ्ना प्रतिनिधिहरुको नेपाल भ्रमणबारे बोल्यो चीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 10:25:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णयसँगै नेपालको आन्तरिकसंगै अन्तराष्ट्रिय राजनीति चरमोत्कर्षमा पुगेको छ। प्रधानमन्त्री ओलीको निर्णय पश्चात नेकपाको प्रचण्ड र माधव समुह संसद बिघटनको बिरोध गर्दै सडकमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरका समुह तथा अन्य राजनीतिक दलहरु समेत बिरोधमा उत्रिएका छन्। 

संसद बिघटन गरेको बिषयबारे भारतले औपचारिक रुपमा केहि नबोले पनि त्यहाँका उच्च अधिकारीहरुले भने प्रधानमन्त्री ओलीको निर्णय सकारात्मक भएको प्रतिकृया दिए। तर नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले ओलीलाई राजिनामा दिन लगाएर विवादास्पद छवि नभएका कुनै एक राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको खुलासा गरेसँगै त्यसले नेपालको राजनीतिमा अर्को तरंग ल्याएको छ। 

यो पनि: 'ओलीलाई हटाएर विवादास्पद छवि नभएका नेतालाई प्रधानमन्त्री बनाउने तयारी'

यतिमात्र नभई संसद बिघटन पश्चात यहि आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले नेपाल भ्रमण गरे। 

संसद बिघटनको निर्णयलाई लिएर नेकपा स्वयम् दुई धारमा बिभाजन भएको बेला चिनियाँ पार्टीका उच्च अधिकारिहरुको भ्रमणलाई छिमेकी भारत लगायतका देशहरुले समेत चाँसोको रुपमा लिए। उक्त टोलिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, नेकपा प्रचण्ड माधव समुह, लगायत धेरैसँग छलफल तथा वार्ता गरे। 

भ्रमणमा कहाँ के कुरा भए भन्ने बिषयबारे औपचारिक रुपमा बाहिर केहि नआएपनि चीनको विदेश मन्त्रालयले अंग्रेजी बर्ष २०२० को अन्तिममा आयोजना गरिएको नियमित प्रेस कन्फ्रेन्समा यस भ्रमणबारे बोलेको छ। 

चीनका विदेश मन्त्रालयका प्रवक्ता वॉन्ग वेनबिनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रिय समितिको अन्तराष्ट्रिय बिभागको एक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको स्वीकार गरे। यतिमात्र नभई उक्त टोलिले नेपाल भ्रमणको क्रममा सत्ताधारी तथा विपक्षी पार्टीका नेताहरुसँग भेटेर छलफल तथा सम्बाद गरेको उनले स्पष्ट पारे। 

उनकाअनुसार चीनी प्रतिनिमंडल र नेपालका राजनीतिक दलका नेताहरुबीच बदलिदो पछिल्लो परिस्थितिबारे कुराकानी भएको छ। आपसी हितलाई लिएर कुराकानी भएको थियो। बेल्ट रोड इनीसीएटिब माथि पनि कुराकानी भएको थियो। नेपाली पक्षहरुले चीनी कम्युनिष्ट पार्टीको आउँदो १००औं जयन्तिलाई लिएर बधाई दिएका थिए। र नेपालका नेताहरुले दुवै देशबीचको सम्बन्ध थप मजबुत बनाउनलाई आपसी सहकार्यलाई अझैं बढाउनुपर्ने धारणा राखेका थिए। 

सन् २०१८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार बनेपछि नेपालको राजनीतिक स्थिरता तथा सरकार सहीरूपले चलिरहेको थियो। तर संसद बिघटनको निर्णयलाई लिएर नेपाल फेरी राजनीतिक अस्थिरताको भुमरीमा फसेको छ। 

संसद बिघटनको निर्णय पुर्व भारतका उच्च अधिकारीहरुले निरन्तर रुपमा नेपाल भ्रमण गरेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए भने संसद बिघटन पश्चात अनौपचारिक भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारिहरुले नेपाल भ्रमण गरेका छन्। यसले संसद बिघटनको निर्णय र अब हुने परिस्थितिमा अन्तराष्ट्रिय राजनीति थप हाबी हुने देखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved