थाहा पाउनुहोस्, कति खतरनाक छ नयाँ प्रकारको कोरोना भाइरस, खोप कति प्रभावकारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 10:24:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को नयाँ भाइरस पुरानो भन्दा बढी सक्रामक भएको एक अध्ययनले देखाएको छ। भाइरसको नयाँ रिप्रोडक्सन प्रजनन नम्बर या आर नम्बर लाई ०.४ देखि ०.७ को बीचमा रहेको अध्ययनले देखाएको छ। 

बेलायतमा आर नम्बर १.१ देखि १.३ बीच रहेको पाइएको छ। यदि यहाँ कोरोना भाइरसको संख्या घटाउने चाहना हो भने आर नम्बरलाई १ भन्दा तल ल्याउनुपर्ने अध्ययनले देखाएको छ। 

के हो आर नम्बर ?

आर नम्बरको अर्थ एक संक्रमित व्यक्ति औषतमा बाँकी कति जनालाई संक्रमित गर्न सक्छ अर्थात एउटा कोरोना लागेको व्यक्तिले अरु कति जनालाई कोरोना सार्न सक्छ। यदि भाइरसमा फैलिने सक्ने क्षमता १ भन्दा बढी रहेमा त्यो धेरै हानिकारक हुने र यसले महामारी निम्त्याउन सक्ने अध्ययनले देखाएको छ। 

इम्युनिटी बीना बस्तीहरुमा खोकीको आर नम्बर १५ रहने गर्छ। यसको अर्थ एक खोकीको बिरामीबाट औषतमा अरु १५ जनामा खोकी सर्न सक्छ। कोरोना भाइरस आधिकारिक रुपमा सार्स कोभिड २ को आर नम्बर तीनको नजिक छ।  

भाइरस लागेर मृत्यु भएका, अस्पतालमा भर्ना भएका भाइरस बिरामी, वा पोजेटिभ देखिएका व्यक्तिहरुको प्रयोगबाट आर नम्बर निकाल्ने गरिन्छ र भाइरसको फैलिन सक्ने क्षमताको अनुमान गरिन्छ। 

यदी आर नम्बर एक भन्दा धेरै छ भने यसको अर्थ संक्रमितको संख्या बढ्ने निश्चित छ। अर्थात कुनै एउटा संक्रमितले कम्तिमा अर्को एक जनालाई संक्रमित बनाउन सक्छ। तर आर नम्बर एक भन्दा कम छ भने यसको फैलावट रोकिन सक्छ।  आर नम्बर १ भन्दा तल हुँदा कुनै पनि व्यक्ति संक्रमित हुने छैनन्। 

बेलायको इम्पेरीयल कलेजका प्रोफेसर एक्सल गैन्डीका अनुसार भाइरसका दुवै प्रकारबीच धेरै अन्तर छ। नयाँ प्रकारको भाइरसका संक्रमित तीन गुणा बढीले बढेका छन् तर पछिल्लो प्रकारको भाइरसका संक्रमितको संख्या घटेर एक तिहाईमा झरेको छ।  

नयाँ प्रकारको कोरोना भाइरस पश्चात गत बिहिबार एकै दिन कोरोनाबाट संक्रमित हुनेको संख्याले बेलायतमा नयाँ रेकर्ड बनाएको छ। नयाँ प्रकारको कोरोना भाइरस सुरुवाती दिनमा २० बर्ष मुनिका हरुमा छिटो सरेको थियो तर पछिल्ला दिनहरुमा यो भाइरस सबै प्रकारका उमेर समुहमा पाइएको छ। 

संक्रमितको संख्यालाई हेर्दा कडा प्रकारको प्रतिबन्धको आवश्यकता रहेको अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर जिम नाए स्मिथको भनाई छ। उनकाअनुसार हामीले केहि नयाँ नगरे नयाँ प्रकारको कोरोना भाइरस तिब्र गतिमा फैलिनेछ, यसबाट धेरै मानिसहरु संक्रमित हुनेछन, धेरै मानिसहरु अस्पतालमा भर्ना हुनेछन र अन्त्यमा धेरैले ज्यान गुमाउनेछन्। 

२०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको उपचार हुने आशमा नयाँ बर्षको सुरुवात भएको छ। तर नयाँ प्रकारको कोरोना भाइरसले अझैं केहि दिन केहि साता र केहि महिना विश्वनै अप्ठ्यारोमा रहनेछ। 

सुरुवाती संकेतलाई आधार मान्दा कोरोनाको नयाँ प्रकारको भाईरसलाई पनि कोभिड १९ को खोपले काम गर्न सक्ने आशा पलाएको वारविक विश्वबिद्यालयका प्रोफेसर लारेंस योगको भनाई छ। 

उनकाअनुसार भाइरसमा हुने अधिकतम परिवर्तनले सुरुमा देखिएको भाइरसको प्रकृतिमा ठुलो असर पर्दैन तर कहिले काहीं यस्तो परिवर्तनले शरीरको प्रतिरोधक क्षमतालाई घटाउने गर्दछ। 

नयाँ प्रकारको भाइरसको असर कतिसम्म रहन्छ भन्ने कुराको अध्ययन हुन् बाँकी नै रहेकाले अहिलेनै यकिन रुपमा भन्न नसकीएपनि अहिलेसम्मको संकेतले कोभिड १९ को खोपले काम गर्ने उनको दाबि छ। 

कोभिड १९ को नयाँ प्रकारको भाइरस गत नोभेम्बरमा देखिएको थियो र यसको सुरुवात डिसेम्बरबाट दक्षिण पूर्वी इंगलैंडमा भएको अनुमान छ। नयाँ प्रकारको भाइरस कति हानिकारक छ भन्ने कुराको यकिन हुन् बाँकी रहेपनि यसले सक्रमितको संख्या बढाउने र सम्बन्धित देशको स्वास्थ्य प्रणालीमा दबाब राख्ने निश्चित छ। 

नयाँ प्रकारको भाइरस उत्तरी आयरल्याण्डको साथसाथै पुरै बेलायतसम्म पाइएको छ तर लन्डन, दक्षिण पूर्वी र पूर्वी इंग्ल्यान्डमा यसको धेरै प्रभाव रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved