दुई 'मेड इन इन्डिया' कोरोना खोपलाई आपतकालिन प्रयोगको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 10:05:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा दुई वटा कम्पनीका कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । भारतले अक्सफोर्ड विश्वबिद्यालयको सहयोगमा भारतमा निर्माण भएको एस्ट्राजेनेका र भारत बायोटेकले निर्माण गरेको कोरोना खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको हो । 

भारतको औषधि नियामक संस्थाका प्रमुख डाक्टर भेनुगोपाल जी सोमानीले यी दुवै कम्पनीका कोरोना खोपलाई आपतकालीन प्रयोगको लागि अनुमती दिएको र प्रत्येक संक्रमितलाई दुई डोज को अनुमती दिइएको त्यहाँका संचार माध्यमले जनाएका छन् । 

भारतमा निर्मित दुई कम्पनीका कोरोना खोपले आपतकालीन प्रयोगको अनुमती पाएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वस्थ र कोभिड फ्री देश तर्फ अगाडी बढेको भन्दै ट्वीट गरेका छन् । 

मोदीले ट्वीटरमा 'तिब्र गतिमा दिइएको अनुमति कोरोना बिरुद्धको लडाईमा एउटा टर्निंङ पोइन्ट भएको र यसले भारत स्वस्थ र कोभिड फ्री देश तर्फ अगाडी बढेको' लेखेका छन् । उनले 'मेड इन इन्डिया का दुई कम्पनीका कोरोना खोपलाई आपतकालिन प्रयोगको लागि अनुमती पाउनुले सम्पूर्ण भारतीयलाई गौरान्वित बनाएको' ट्वीट गरेका छन् ।  

यस अनुमतीले यी दुई कम्पनी आगामी दिनमा विश्वमै धेरै कोरोना खोप निर्माण गर्ने कम्पनीमा दर्ज हुने अपेक्षा गरिएको छ ।  १ अर्ब ३० करोड भारतीय नागरिक मध्ये सुरुमा ३० करोडलाई यो खोप दिईने छ जसमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कामदार र सिरियस प्रकारका विरामी तथा सिनियर सिटिजनहरु हुनेछन ।  

भारतमा १ करोड ३ लाखमा कोरोना देखिएको छ भने १ लाख ४९ हजार ४३५ जनाको मृत्यु भएको छ । भारतलाई कोरोनाबाट बढी प्रभावित हुने देशहरुको सुचिमा राखिएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved