कतार र साउदी अरब नाकाबन्दी तोड्न सहमत, खाडी मुलुकको लागि सुखद दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 12:47:12 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरब र कतारबीच सबै प्रवेश मार्ग खुला गर्ने सहमती भएको छ । दुवै देशबीचहवाई, सडक र समुन्द्री मार्ग खुला गर्ने सहमती भएको कतारबाट संचालित मिडिया अलजजिराले जनाएको छ । 

कुवेतका मन्त्रीकाअनुसार दुवै देशबीच सबै नाका सोमबार बेलुकादेखि खुल्ला हुनेछ ।   साउदी अरबको नेतृत्त्वमा कतारविरुद्ध  सन २०१७ देखि नाकाबन्दी गरिएको थियो । 

साउदी अरबको नेतृत्त्वमा युनाइटेड अरब इमिरेट्स, बहराइन, इजिप्ट ले कतारमाथि २०१७ देखि नाकाबन्दी गरेका थिए । कतारले प्यालेस्टाइन लगायतका देशहरुमा आर्थिक सहयोग गरेको, इरानसँग निकट सम्बन्ध बनाएको, विश्वका बिभिन्न देशहरुमा आतंकबादी क्रियाकल गर्नेहरुलाई आर्थिक सहयोग गरेको आरोप लगाउदै यी देशहरुले बिभिन्न १३ बुंदे सर्त राखेर कतार विरुद्ध नाकाबन्दी गरेका थिए । 

बिभिन्न १३ सर्त मध्ये कतारबाट संचालित अलजजिरा बन्द गर्नुपर्ने, इरानसँगको कुटनीतिक सम्बन्ध तोड्नुपर्ने लगायत उल्लेख थियो । तर कतारले आफु बिरुद्ध लगाइएका आरोप अस्विकार गर्दै आएको छ । 

कतारले आफु बिरुद्ध जुन आरोप लगाएर यी ४ देशहरुले सडक, हवाई र समुन्द्री मार्ग बन्द गरेका थिए, ति सबै आरोपको अन्तराष्ट्रिय स्तरमै विरोध गर्दै नाकाबन्दीको कडा रुपमा विरोध जनाउदै आएको छ । 

झन्डै ४ बर्षसम्म कायम नाकाबन्दी खुला भएसँगै मिडलइस्टमा शान्ति छाउने अपेक्षा गरिएको छ । 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved