अन्तत: जी न्युजले, भन्यो- माउन्ट एभरेस्ट नेपालकै हो, नेपालबाट कसैले खोस्न सक्दैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 11:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो अभिव्यक्तिलाई लिएर बिरोध सुरु भएपछि भारतको टेलिभिजन च्यानल जी न्युजले यस बिषयलाई प्रष्ट पारेको छ। बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै यस बिषयबारे आफ्नो अभिव्यक्तिलाई थप स्पष्ट पारेका हुन्। 

उनले सरकार फेरी रहने तर दुई देशको नागरिकबीचको सम्बन्ध संधै हार्दिकता हुनुपर्ने बताउदै आफ्नो अभिव्यक्तिले नेपालीलाई ठेस पुर्याएकाले आफुले स्पष्ट पारेको बताएका छन्। 

उनले भनेका छन्, माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले खोस्न सक्दैन, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’ 

उनले आफुले माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न नखोजेको र माउन्ट एभरेस्ट नेपालकै भएको र नेपालकै रहने स्पष्ट पारेका छन्। 

बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिदै बोलेका थिए 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका उनको सगरमाथा आधार शिविरको रिपोर्टिङ निकै विवादित बनेको थियो। नेपाली मिडिया र सामाजिक संजाल बुधबार दिउँसोभर जी न्यूजविरुद्ध र जी न्युजलाई जोडेर प्रधानमन्त्री ओलीको समेत बिरोध भएको थियो।  आइतबार सगरमाथा आधार शिविरमै हेलिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रिपोर्टिङ गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved