कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीनको वुहानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 09:37:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीनको वुहान पुगेको छ । दश जना वैज्ञानिकहरूको टोलीले विभिन्न अनुसन्धान संस्था, अस्पताल र माछाबजारका मानिसहरूसँग अन्तर्वार्ता गर्ने बताईएको छ । बीबीसीले उल्लेख गरेअनुसार उक्त टोलीले दुई साताको क्वारेन्टाइन अवधि सकेपछि अनुसन्धान सुरु गर्नेछ ।

टोली प्रमुख पिटर बेन एम्बरेकले ‘वास्तवमा के भएको थियो भन्नेबारे थाहा पाउनका लागि यो निकै लामो यात्रा तय गर्नुपर्ने’ बताए का छन्।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरदेखि कोरोना भाइरसको महामारी फैलिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved