
नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम
प्रतिशेयर अंकित मूल्य १०० लाई घटाएर ५० कायम गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय
गरेसंगै पुँजीबजारमा त्यसले तरङ्ग ल्याएको छ । कम्पनीले अहिले भएको शेयर संख्या
दोब्बर हुने गरि शेयर खण्डीकरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अहिले भएको शेयर संख्या दोब्बर पार्ने र प्रति शेयर चुक्ता मूल्यलाई
आधा आर्त्हत ५० कायम गर्ने प्रस्ताव गरेको हो ।अर्थात्
यदि कुनै शेयरधनीसँग १०० कित्ता शेयर छ भने उसको शेयर संख्या २०० हुन्छ भने प्रति कित्ता
शेयरको अंकित मूल्य ५० हुन्छ । अंकित मूल्यको आधारमा शेयरधनीको सम्पतीको १०
हजार नै रहन्छ । अर्थात यसले लगानीकर्तालाई घाटा गर्दैन । यसलाई शेयर स्प्लिट भनिन्छ ।
नेपालमा यो नयाँ अभ्यास भएपनि अन्तराष्ट्रिय
बजारमा भने यो नौलो होइन ।
सन् २०२० अगस्ट महिनामा कार निर्माता कम्पनी
टेस्लाले पनि शेयर स्प्लिट गरेको थियो । कम्पनीले ५ फर वान अर्थात १ कित्ता
शेयर ५ कित्ता हुने गरी शेयर स्प्लिट गरेको थियो । अर्थात् १
कित्ता शेयर हुने शेयरधनीले ५ कित्ता शेयर पाएका थिए ।
शेयर स्प्लिट हुनु अगाडी कम्पनीको प्रति कित्ता शेयर मूल्य २२१३.४०
डलर थियो । स्प्लिट पछि कम्पनीको
प्रति कित्ता शेयर मूल्य ४४२.६८ डलरमा खुलेको थियो ।
हिजो अर्थात जनवरी १९ को अन्तिम बजार मूल्य अनुसार कम्पनीको शेयर मूल्य प्रति
कित्ता ८४४.५५ डलर रहेको छ । हाल टेस्लाको
बजार पुँजीकरणको हिसाबले विश्व कै ठुलो कार निर्माता कम्पनी हो ।
त्यस्तै एप्पल कम्पनीले आईपिओ निष्काशन गरेपछि ५ पटक शेयर स्प्लिट
गरेको छ । एप्प्लनले सन्
१९८० को डिसेम्बरमा प्रति कित्ता २२ डलरको दरले आईपिओ निष्काशन गरेको थियो । त्यसपछि कम्पनीले १६ जुन १९८७ मा पहिलो
पटक १ कित्ता शेयर २ कित्ता हुने गरी शेयर स्प्लिट गर्यो ।
कम्पनीले २१ जुन २००० मा फेरी १ कित्ता शेयर २ कित्ता हुने गरी स्प्लिट गर्यो । २८ फेब्रुअरी २००५ मा कम्पनीले फेरी १
कित्ता शेयर हुनेलाई २ कित्ता हुने गरी तेस्रो पटक शेयर स्प्लिट गर्यो । कम्पनीले चौथो पटक शेयर स्प्लिट गर्दा
१ कित्ता शेयर हुनेले ७ कित्ता शेयर पाउने गरी स्प्लिट गर्यो । यो चौथो स्प्लिट ९ जुन , २०१४ मा भएको थियो ।
एप्पलले अन्तिम पटक अगस्ट २८, २०२० मा १ कित्ता शेयर हुनेले ४ कित्ता शेयर पाउने गरी
पाचौ पटक शेयर स्प्लिट गर्यो । यदि कुनै लगानीकर्ताले आईपिओ निष्काशनको
क्रममा एक सय कित्ता शेयर किनेको भए ५ पटकको शेयर स्प्लिट गर्दा उ सँग २२ हजार ४
सय कित्ता शेयर हुने भयो । हिजो अर्थात जनवरी १९ को अन्तिम बजार मूल्य
अनुसार कम्पनीको शेयर मूल्य प्रति कित्ता १२७.८३
डलर रहेको छ ।