विश्व कै मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बन्यो बजाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 05:35:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज अटो लिमिटेड बजार पूंजीकरण १.६ लाख करोड नाघ्ने विश्वको पहिलो दुइ–पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पूंजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापनाका गरेको हो ।

विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैनन् । बजाज अटो दुइ–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पु¥याउने विश्वमै पहिलो दुइ–पाङ्ग्रे कम्पनी भएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार बजाज अटोको यात्रा भारतमा ७५ बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा छन् । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ । 

बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । सन् १९२६ मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ । बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो । बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो, भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीन पाङ्गे बजाजले बनाएको पाइएको छ । कम्पनीको ७० भन्दा बढी देशहरूमा १५ मिलियन भन्दा बढी मोटरसाइकलहरू बिक्री भईसकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved