बाइडनले हटाए मुस्लिम देशहरुमाथिको यात्रा प्रतिबन्ध, गरे १५ महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 08:07:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको राष्ट्रपति बने लगत्तै जो बाइडनले आफ्ना पुर्ववर्ति डोनाल्ड ट्रंपका केहि नीतिहरु उल्ट्याउने कामको सुरुवात गरेका छन्। शपथग्रहण समारोह पश्चात काम सुरु गर्नु पहिले ह्वाइट हाउसका लागि निस्केका बाइडनले सोसल मिडिया मार्फत ट्रंपका केहि नीतिहरु उल्ट्याउने बारे सार्वजनिक गरेका हुन्। 

'हामीलाई हाम्रो अगाडीको विद्यमान संकटसँग लड्नु छ, हामीसंग खेर फाल्नलाई समय छैन' उनले सोसियल मिडिया मा यस्तो लेखेका छन।

राष्ट्रपति बने पश्चात सबै भन्दा पहिले उनले १५ 'एकजुएटिभ अर्डर'  १५ उच्च आदेश मा हस्ताक्षर गरे। जसमा कोरोनाको महामारीसँग जुध्न सरकारलाई सहयोग मिल्ने बिषय पनि सामेल छ। 

यसको साथै उक्त आदेशमा जलबायु संकट तथा आप्रवासी सम्बन्धी ट्रंप प्रशासनको नीतिहरुलाई परिवर्तन गर्नलाई नयाँ आदेश पनि सामेल छन्। यस भन्दा अगाडी ओवल अफिस आफ्नो कार्यालय मा कालो मास्क लगाएर आएका राष्ट्रपति वाईडनले पत्रकारहरुसँगको कुराकानीमा उनले आफ्ना मुख्य प्राथमिकतामा कोभिड संकट, आर्थिक संकट र जलबायु परिवर्तन हुने बताए। 

बुधबार एक बिशेष समारोहमा जो बाइडनले देशको ४६ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरे। उक्त समारोहमा कोभिड १९ का कारण मानिसहरुको उपस्तिथी पातलो थियो। 

यद्दपी तीन पुर्व राष्ट्रपति बाराक ओबामा, बिल क्विन्टल र जार्ज डब्लु बुश उनको शपथग्रहण समारोहमा उपस्थित थिए। साथै ट्रंप प्रशासनमा उपराष्ट्रपति रहेका माइक पेन्स पनि उक्त समारोहमा उपस्थित थिए। 

ट्रंप प्रशासनको निर्णयले देश अर्थात अमेरिकालाई जुन नोक्सानी भएको छ, त्यसलाई परिवर्तन गर्नका लागि बरु देशलाई अगाडी लैजानको  लागि आफुले एक्सन लिने राष्ट्रपति बाइडनले स्पष्ट पारेका छन्। 

कुन आदेशहरुमा बाइडनले हस्ताक्षर गरे 

कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर बाइडनले सबै सरकारी कार्यलयमा मास्क लगाउने र भौतिक दुरीको पालनालाई अनिवार्य गरेका छन्। अहिलेसम्म कोरोना भाइरसको कारण अमेरिकामा ४ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ।  

त्यस्तै वाईडनले कोरोनाको महामारीलाई नियन्त्रण गर्न तथा यस परिस्तिथिमा काम गर्नलाई अलग्गै नयाँ कार्यलय स्थापिंत गर्ने निर्णय गरेका छन्। यसको साथसाथै विश्व स्वास्थ्य संगठन डब्लुएचओ बाट अमेरिकालाई अलग गर्ने जुन प्रकृया डोनाल्ड ट्रंपले सुरु गरेका थिए, उक्त निर्णय खारेज गर्ने वाईडनले निर्णय गरेका छन्। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वाईडन प्रशासनको यस निर्णयलाइ स्वागत गरेका छन्। 

संक्रामक बिरामीहरुको शिर्ष अमेरिकी बिशेषज्ञ डा एन्टोनी फाउचीको नेतृत्त्वमा वाईडन प्रशासनको एक टिम डब्लुएचओका एकजुएकटिभ बोर्डको बैठकमा सामेल हुनेछ। यसले डब्लुएचओ संगको अमेरिकाको सम्बन्ध सामान्य बन्नेछ भने अमेरिकालाई स्वास्थ्य क्षेत्रमा नेतृत्त्व लिन तथा काम गर्नलाई थप सहज हुनेछ। 

त्यस्तै वाईडनले पेरिश जलवायु परिवर्तन सम्झौतामा अमेरिका फेरी सामेल हुने निर्णय गरेका छन्। 

कयौं मुस्लिम देशको भ्रमणमा लगाइएको बन्देज खारेज   

वाईडनले आप्रवासी सम्बन्धि ट्रंप प्रशासनले गरेको आपतकालीन घोषणा अन्तर्गतको मेक्सिकोको सीमाको भित्ता निर्माण गर्नलाई सहयोग गर्ने र १३ देशहरुमाथि यात्रा प्रतिबन्ध हटाउने निर्णय खारेज गरेका छन। ट्रंपको पालामा कयौं मुस्लिम देश र अफ्रिकी देशहरुका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved