कोरोनालाई लिएर बाइडनले गरे १० ठुला घोषणा, ट्रंपको भन्दा अलग बाटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2021 | 06:14:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका नयाँ राष्ट्रपति बाईडनले कोरोना भाइरसको महामारीलाई हराउनको लागि युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन्। यससँगै उनले कोरोनासँग जुध्नका लागि एक बृस्तृत योजना समेत सार्वजनिक गरेका छन्। 

४६ औं राष्ट्रपतिको रुपमा शपथ लिएसंगै बाईडनले १५ वटा उच्च आदेशमा हस्ताक्षर गरेका छन्। बिभिन्न बिषयमा गरिएका हस्ताक्षरले सरकारी संस्था, निजि क्षेत्र र नागरिकहरुलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा मद्दत मिल्ने दाबी गरिएको छ। 

बाईडनले कोरोनाको महामारीलाई लिएर राज्यलाई निर्णय गर्न दिनुको साट्टो राष्ट्रिय रणनीति बनाएर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रण गर्न नसकेको भन्दै डोनाल्ड ट्रंप प्रशासनको कडा आलोचना गरिएको थियो। 

कोरोना भाइरसले अमेरिका लगायत विश्वको अवस्था अझैं भयानक हुन सक्ने भन्दै बाईडनले कोरोनाबाट मर्नेको संख्या कम गर्नलाई युद्दस्तरमा काम गर्नुपर्ने बताए। आगामी एक महिनाभित्र अमेरिकामा थप ५ लाख मानिसको कोरोनाका कारण मृत्यु हुन सक्ने बाईडनको बुझाई छ। 

बाईडनका मुख्य चिकित्सा सल्लाहकार एन्थनी फाउचिले कोरोनाको खोप सन्दर्भमा बोल्दै बाईडन प्रशासन पहिलेबाटै कायम स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। 

यदि १० करोड मानिसहरुलाई गर्मीको अन्तिमसम्म कोरोनाको खोप लगाइदिने हो भने जाडोमा आउने सक्ने परिस्थिति सामान्य हुने बाईडनका चिकित्सा सल्लाहकार फाउचीले बताए।  अत्यन्त बढी मात्रामा कोरोनाको खोप बनाउनुपर्ने भन्दै फाउचीले यसको उत्पादनलाई लिएर बाईडन प्रशासन बिभिन् देशका अधिकारिहरुसँग कुराकानीलाई बाक्लो बनाएको बताए। 

त्यस्तै बाईडनले कोरोना भाइरसको परिक्षण बढाउँन तथा महामारीमा प्रतिकृया र समनवयका लागि एक नयाँ स्थापित गर्ने निर्णय गरेका छन्। बाईडनले यो पनि भनेका छन् कि अमेरिका गरिब देशहरुमा एक खोप पुर्याउन कोभ्याक्स कार्यक्रममा पनि शामिल हुने घोषणा गरेका छन्। बाईडनको यस घोषणालाई लिएर विश्व स्वास्थ्य संगठनले प्रशंसा समेत गारेको छ। 

कोरोना भाइरससँग जुध्न बाइडनका १० निर्णय 

१.डिफेन्स प्रोडक्सन एक्टको प्रयोग 

कोरोनासँग लड्नको लागि मेडिकल एक्विप्मेंट, पीपीई किट र खोप आपूर्तिलाई निरन्तरता दिनको लागि बाइडनले शित युद्धको समयको एक महत्तपूर्ण कानुन प्रयोग गर्ने निर्णय गरेका हुन्। यस अन्तर्गत रास्ट्रपतिलाई राष्ट्रिय सुरक्षाका कारणहरुबाट उत्पादन बढाउँन एक बिशेष प्रकारको अनुमति दिने बिशेष अधिकार प्राप्त हुन्छ। 

२. प्लेन, ट्रेन र बसहरुमा मास्क अनिवार्य 

३.राज्यलाई थप मजबुत बनाउने 

४. तिब्र गतिमा कोरोनाको खोप सबै नागरिकमा पुर्याउने 

५.कोरोनाको परिक्षण बढाउने 

६.बिद्यालय खोल्नलाई पुनर्विचार गर्ने 

बाइडन प्रशासनले सुरक्षित रुपमा विद्यालय संचालन गर्न सकिने वा नसकिनेबारे सुझाब दिनलाई शिक्षा बिभाग, स्वास्थ्य बिभाग र मानव संसाधन बिभागलाइ निर्देशन दिएको छ। 

७.स्वास्थ्य सेवाको सिमा बढाउने 

८. कोभिड १९ बाट कर्मचारीलाई सुरक्षित राख्ने 

९.समुदायमा स्थानीय स्तरबाटै सहयोग बढाउने 

१०.कोभिड १९ लाई बुझ्नको लागि जतिसक्दो बढी तथ्यांक संकलन गर्ने


जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मानिसहरु कोरोना भाइरसबाट २ करोड ४० लाख संक्रमित भएका छन् भने ४ लाख ९ हजार ७९३ जनाको मृत्यु भईसकेको छ। 

पुरै विश्वमा कोरोनाको कारण मृत्यु हुनेमा अमेरिका सबै भन्दा अगाडी रहेको छ। अहिलेसम्म कोरोनाको कारण २० लाख ८८ हजारको मृत्यु भईसकेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved