भारतको ४ वटा राजधानी हुनुपर्छ : ममता बनर्जी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2021 | 07:45:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा केन्द्रिय राजधानी सार्ने बहस चलिरहँदा भारतमा पनि यसबारे सार्वजनिक रुपमै नेताहरुले बहस थालेका छन्। पश्चिम बङ्गालकि मुख्यमन्त्री ममता बनर्जीले शनिबार एक कार्यक्रममा कम्तिमा चार ठाउँमा भारतको केन्द्रिय राजधानी हुनुपर्ने बताएकी छन्। 

नेता शुभाषचन्द्र बोसको १२५ औं जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बनर्जीले भारतले दिल्लीलाई मात्र केन्द्रिय राजधानी बनाउन नहुँदै बताउदै देशका चार कुनामा चार राजधानी हुनुपर्ने बताईन्। 

उनले भारतका चार कुना समेट्ने गरि चार ठाउँमा केन्द्रिय राजधानी र आलोपालो प्रणालीमा संसदको बैठक बसाल्नु पर्ने बताइन। कलकत्तामा आयोजित र्यालीलाई सम्बोधन गर्ने क्रममा बनर्जीले कुनै एक समयमा कलकत्ता भारतको राजधानी भएको र फेरी यसलाई भारतको अर्को राजधानी वा दोश्रो राजधानी घोषणा गर्नुपर्ने तर्क गरेकी छन्। 

यो पनि:
- राजधानी सार्ने बहसः भारतको एउटै प्रदेशको राजधानी ३ ठाउँमा

काठमाडौँबाट राजधानी सार्ने बहसः यस्ता छन् अन्तराष्ट्रिय उदाहरण

-देशको राजधानी काठमाडौँबाट सार्ने समय आएको हो ?

भारतका प्रधानमन्त्री नरेन्द मोदी पनि कलकत्तामा उक्त कार्यक्रम मार्फत सम्बोधन गरेका थिए तर बनर्जीले मोदि त्यहाँ पुग्नु पुर्व नै राजधानीको बिषयमा बोलेकी हुन्। 

बनर्जीने एउटा राजधानी दक्षिण भारतको राज्य तमिलनाडू, कर्नाटक वा केरलमा हुनुपर्ने, दोस्रो राजधानी उत्तर प्रदेश पन्जाब वा राजिस्थानमा, तेस्रो राजधानी बिहार, ओडिसा वा कलकत्तामा र चौथो राजधानी पूर्वोत्तर राज्यमा हुनुपर्ने बताइन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved