चीन र भारतका सैनिकबीच सिमा क्षेत्रमा झडप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 01:39:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चीन र भारतका सैनिक आमनेसामने भएका छन् । सिक्किमको उत्तरमा पर्ने नाकुला बोर्डरमा दुई देशका सैनिकबीच तनाव भएको हो । तीन दिनअघि दुबै देशका सेनाबीच झडप भएको र दुबै पक्षबीच केही सैनिक घाइते भएको बताईएको छ । 

भारतीय संचारमाध्यमले २० भन्दा बढी चिनियाँ सैनिक घाइते भएको उल्लेख गरेका छन् । तर, आफ्ना तर्फका सैनिकबारे भारतले केही बोलेको छैन । नाकुला बोर्डर चीन र भारतीय सीमाक्षेत्र हो ।

गत वर्षको मे ९ मा पनि नाकुला बोर्डरमा दुबै देशका सैनिकबीच झडप भएको थियो । सीमा तनावलाई लिएर भारत र चीनका सैनिक पदाधिकारीबीच ९ पटक वार्ता भएपनि निष्कर्ष निस्किएको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved