भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स सधैँका लागि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 09:41:36 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले टिकटकसहित ५९ वटा चिनियाँ एस्पलाई सधैँका लागि बन्द गरिदिएको छ । टिकटक, वायडु, वी च्याट जस्ता एप्सहरुलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएर स्पष्टिकरण सोधेको भारतले चित्त बुझ्दो जवाफ नपाएपछि यी एप सधैँका लागि बन्द गरिदिएको हो ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । लद्दाखमा चिनियाँ सैनिकसँगको झडपमा परी आफ्ना २० सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको थियो ।

भारत र चीनका सेनाबीच अघिल्लो सातामात्रै उत्तरी सिक्किमको नाकु लामा झडप हुँदा दुबै पक्षका २४ जना घाइते भएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved