७ खर्ब बढी रकमको आईपिओ निष्काशन गर्दै टिकटकको प्रतिस्पर्धी कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 05:28:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित एप टिकटक एपको प्रतिस्पर्धी रहेको चिनियाँ कम्पनी क्वाईसोले आईपिओ मार्फत ६.३ बिलियन डलर रकम उठाउने योजना अघि सारेको छ । कम्पनीको यो आईपिओ उबरपछिको प्रविधि क्षेत्र कै सबैभन्दा ठुलो आईपिओ हुने छ । उबरले २०१९ को मे महिनामा आईपिओ मार्फत ८ बिलियन डलर रकम उठाएको थियो ।

क्वाईसोले ३६ करोड ५२ लाख १८ हजार ६ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १३.५५ डलर देखि १४.८४ डलरसम्म ति शेयर निष्काशन गर्न लागेको सीएनएनले उल्लेख गरेको छ । यसबाट कम्पनीले ४.५ बिलियन डलर उठाउने र ओभर अलोटमेन्टको विकल्प प्रयोग गरिए कम्पनीले ६.३ बिलियन डलर उठाउन सक्ने आंकलन गरिएको छ । ओभर अलोटमेन्ट भन्नाले बढी माग परेको अवस्थामा आईपिओको आकार बढाउन सकिने भन्ने हो । ६.३ बिलियन भनेको ७ खर्ब ३४ अर्ब नेपाली रुपैयाँ बराबर हो ।

यो एप लाइभस्ट्रिम गर्न शर्ट भिडियोको लागि चर्चित छ । कम्पनीको ८४ प्रतिशत आम्दानी भिडियो लाइभस्ट्रिमबाट नै हुन्छ । कम्पनीले आफ्नो शेयर हंगकंग स्टक एक्सचेन्जमा सुचिकृत गराउने भएको हो । कम्पनीले फेब्रुअरी ५ भित्र शेयर सुचिकृत गराईसक्ने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार दैनिक रुपमा २६ करोड २४ लाखले यो एप प्रयोग गर्ने गरेका छन् । टिकटिकका प्रयोगकर्ता भने ८० करोड बढी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved